Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

७ समस्या, जुन किशोरपुस्ताले झेलिरहेका छन्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ८, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिलेका किशोरपुस्ता के चाहन्छन् ? कस्तो रुचि र आकांक्षा पाल्छन् ? कस्तो जीवन बाँच्न खोज्छन् ?

यी प्रश्नमाथि अभिभावकले खासै चासो देखाएको पाइँदैन । जबकि किशोरावस्थालाई शारीरिक र भावनात्मक परिवर्तनको चरण मानिन्छ । यतिबेला उनीहरु भिन्न दबाब र तनावबाट गुज्रिरहेका हुन्छन् ।

यो चरणमा एकातिर पढाइका साथै करिअरको चिन्ता हुन्छ । अर्कोतिर नयाँ फेसन शैली अपनाउने साथीभाइसँग समय बिताउने रहर पनि हुन्छ । उन्मुक्त घुमफिर गर्ने, मीठो मसिनो परिकार खाने, मनोरञ्जन गर्ने इच्छा तीव्र हुन्छ । त्यसमाथि शारीरिक अंगहरुको विकास, हार्मोनको उतारचढावले उनीहरुलाई भावनात्मक रुपमा चञ्चल बनाइरहेको हुन्छ ।

करिअर बनाउनुपर्ने, साथीभाइलाई समय दिनुपर्ने, नयाँ–नयाँ पहिरन शैली अभ्यास गर्नुपर्ने जस्ता रहर र दबाबबीच कहिलेकाहीं उनीहरु खराब मनोदशाबाट गुज्रिन पुग्छन् ।

डिपे्रसनको डर

अहिले किशोरपुस्ताको मूल समस्या बनेको छ डिप्रेसन । खासगरी डिजिटल प्रविधिप्रतिको आशक्तिले उनीहरुलाई घरपरिवार, आफन्त, साथीभाइबाट अलग गरेको छ । उनीहरु गेम, भिडियो, सामाजिक सञ्जालमा एकोहोरिएका छन् । सबैबाट अलग भएर एक्लै बसिरहँदा उनीहरु भावनात्मक रुपमा कमजोर भएका छन् । कसैसँग नबोल्ने, कतै घुमफिर नगर्ने, घरपरिवारसँग बातचित नगर्ने प्रवृत्तिले उनीहरुलाई एकलकाँटे बनाउँदै लगेको छ । नतिजा, उनीहरुलाई डिप्रेसनले गाँज्दैछ ।

अन्धाधुन्ध यौन सम्बन्ध

किशोरावस्थामा पुगेपछि यौनाङ्गको विकास हुनका साथै उनीहरुमा यौनसम्बन्धी उत्सुकता जाग्न थाल्छ । विपरीत लिंगीसँग आकर्षित हुने, प्रेम गर्ने, डेटिङ जानेजस्ता कुरामा पनि उनीहरुको रुचि बढ्न थाल्छ ।

यही क्रममा उनीहरु यौन गतिविधिमा पनि सहभागी हुन सक्छन् । जबकि यतिबेला उनीहरुलाई सुरक्षित यौन सम्बन्धबारे थाहा नहुन सक्छ । यौन सम्पर्कका बेला उनीहरुले गर्भनिरोधक विधिहरु प्रयोग गर्दैनन् । असावधानीवश गरिने यौनक्रियाले किशोर पुस्तालाई नराम्ररी फसाउन सक्छ । अनिच्छित गर्भ रहनेदेखि एचआईभी, यौनजन्य रोग लाग्ने भय हुन्छ ।

लहलहैमा लागुपदार्थ

लागुऔषधको लत लाग्ने जोखिम पनि किशोर उमेरमा नै बढी हुने विभिन्न सर्वेक्षणले देखाएका छन् । ठूलाहरुको देखासिकीमा वा साथीभाइको लहलहैमा उनीहरु चुरोट तान्न थाल्छन् । चुरोट तान्ने साथीभाइको संगतमा घुलमिल हुँदै जाँदा उनीहरु लागुऔषध खान पुग्छन् । बिस्तारै उनीहरुलाई यसको लत नै लाग्छ ।

अहिले थुप्रै आमाबुवाको लागि सबैभन्दा बढी टाउको दुखाइको विषय बनेको छ, छोराछोरीको कुलत । लागुऔषधको लतमा परेपछि छोराछोरीले पढाइ, करिअर मात्र होइन, आफ्नो जीवनलाई पनि ध्यान दिंदैनन् । जसले उनीहरु न बाँच्नु, न मर्नुको दोसाँधमा हुन्छन् । एक जना सन्तान मात्र लागुऔषधको लतमा हुँदा पनि उनका परिवारले मानसिक यातना खेप्नुपर्ने हुन्छ ।

मोटोपनको मार

अहिलेका किशोरपुस्ता घरको खानामा भन्दा बढी बजारको प्रशोधित खानामा लोभिएका छन् । उनीहरुले कुरकुरे, चिप्स, बिस्कुट, चाउचाउ बढी रुचाउँछन् । नियमितजसोे फास्टफुड वा रेस्टुरेन्टको खानेकुरा खाने गर्छन् ।

पोषणको मात्रा अत्यन्तै कम हुने तर सोडियम, ट्रान्स फ्याटजस्ता तत्व उच्च हुने भएकाले यी खानाले उनीहरुलाई रोगी बनाउँदै लगेको छ । अनियन्त्रित खाने तर त्यस अनुरुप शारीरिक गतिविधि नगर्ने प्रवृत्तिले गर्दा किशोरपुस्तालाई मोटोपनले सताउँदै लगेको छ ।

साइबर बुलिङको सिकार

अहिलेका किशोरपुस्ताको अर्को जटिल समस्या हो साइबर बुलिङ । उनीहरु असावधानीवश सामाजिक सञ्जाल चलाउँछन् । जथाभावी साथी बनाउँछन् । मनको कुरा पोख्छन् । नितान्त व्यक्तिगत फोटो, भिडियो साझेदार गर्छन् । यो क्रममा उनीहरु थाहै नपाई गलत व्यक्तिको फन्दामा पुग्छन् ।

त्यस्ता व्यक्तिले उनीहरुलाई अनेक प्रलोभन देखाउने, डर त्रास पैदा गर्ने र अनुचित लाभ लिने प्रयास गर्छन् । यस क्रममा किशोरहरु साइबर बुलिङको सिकार बन्न पुग्छन् । सामाजिक सञ्जालजस्ता माध्यमबाट आउने धाकधम्कीले उनीहरुलाई भित्रभित्रै कमजोर, शिथिल र डिप्रेसनग्रस्त बनाउँछ ।

रिस पोख्न रक्सी

किशोरकिशोरी आफैंमाथि नयाँ नयाँ प्रयोग गर्न चाहन्छन् । कहिल्यै नखाएको खानेकुराको स्वाद कस्तो हुन्छ भन्ने उत्सुकताले पनि उनीहरुलाई रक्सी खान उक्साउँछ । साथै यतिबेला उनीहरुले खराब संगत गर्न सक्छन् र संगतकै कारण रक्सी पिउन सुरु गर्छन् ।

किशोरपुस्ता र उनका अभिभावकवीच कतिपय कुरामा असमझदारी हुन्छ । आमाबुवासँगको रिस पोख्न पनि उनीहरु रक्सी पिउन थाल्छन् । कहिले रहरमा, कहिले लहलहैमा, कहिले करकापमा त कहिले रिस पोख्न पनि रक्सी पिउन थाल्छन् ।

पढाइको पीर

खासगरी आमाबुवा र शिक्षकहरुले उनीहरुमाथि आफ्नो अपेक्षा लाद्न थाल्छन् । धेरै अंक हासिल गर्नुपर्छ, फलानोले जस्तै पढ्नुपर्छ, पढेर यस्तो बन्नुपर्छ भन्ने कुराले उनीहरुमा मनोवैज्ञानिक दबाब पनि पैदा गर्न सक्छ ।

हाम्रो शैक्षिक प्रणाली, पठन विधिले पनि कहिलेकाहीं किशोरपुस्तालाई मनोरोगी बनाउँछ । किशोरपुस्ताको रुचि, क्षमताअनुसार पठनपाठन गराउने प्रवृत्ति छैन । यस्तो अवस्थामा आमाबुवा वा शिक्षकलाई खुसी बनाउन पढ्नुपर्ने हुन्छ । अरुसँगको तुलना, प्रतिस्पर्धाले पनि उनीहरुलाई भावनात्मक रुपमा कमजोर बनाउँछ । जसले गर्दा किशोरपुस्ता एन्जाइटी, डिप्रेसन आदिको सिकार हुनुपर्ने अवस्था आउँछ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व