Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चामलदेखि खानेतेलसम्म किन्नुअघि हेर्नैपर्छ यी ६ कुरा !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

खानेतेल त छाकैपिच्छे प्रयोग गरिन्छ । तर तेल खरिद गर्नुअघि त्यसको प्याकेटमा लेखिएका कुरा हेर्छौं ? चामल किन्नुअघि त्यसको प्याकेटमा के लेखिएको छ चासो दिन्छौं ?

खाजानास्ताको रुपमा चाउचाउ–बिस्कुट अनिवार्यजस्तै भइसकेको छ । तर यी खानेकुरा खरिद गरिरहँदा उक्त प्याकेटमा लेखिएका कुराहरु हामी ध्यान दिन्छौं ?

हाम्रो बानी के छ भने कुनैपनि सामग्री खरिद गर्नुअघि त्यसको मूल्यमा मात्र मोलमोलाइ गर्ने । आफूले किन्न लागेको सामग्री गुणस्तरीय छ वा छैन ? कहिले उत्पादन भएको जस्ता कुरामा हाम्रो ध्यान नै जाँदैन । कतिसम्म भने औषधि खरिद गर्दा त्यसको उत्पादन मिति र गुज्रिने मितिसम्म हेर्न जाँगर चलाउँदैनौं ।

हामीलाई थाहा नै छ, अहिले धेरैजसो खानेकुरा बजारमा प्याकेटबन्द आउने गरेका छन् । चाहे चामल होस् वा नुन, चाहे खानेतेल होस् वा दाल । यस्ता खानेकुरा उत्पादन गरेर बजारमा ल्याउनुअघि त्यसको उत्पादन मितिदेखि त्यो कहाँ बनेको, कसरी बनेको, के–के मिश्रण गरिएको उल्लेख गरिएको हुन्छ ।

किनभने कुनैपनि खानेकुराको एउटा निश्चित आयु हुन्छ र सो अवधि गुज्रिएपछि खानका लागि अयोग्य मानिन्छ । त्यसैले खानेकुरामा उल्लेख गरिएका ती कुरा मानव स्वास्थ्यका हिसाबले अत्यन्तै संवेदनशील हुन्छ । अतः प्याकेटबन्द वा बजारमा उपलब्ध त्यस्ता खानेकुरा खरिद गर्नुअघि त्यसमा लेखिएका मूल्यसूचीदेखि गुज्रिने म्यादसम्म हेर्नु जरुरी हुन्छ । साथै उक्त खानेकुराका बारेमा दिइएका अरु विवरण पनि हेर्नैपर्ने हुन्छ ।

खासगरी प्याकेटबन्द खानेकुरा खरिद गर्दा यी ६ कुरा हेर्नैपर्छ ।

१. प्याकेजिङ

यदि प्याकेट बन्द खाद्यान्न किन्दै हुनुहुन्छ भने सबैभन्दा पहिले त्यसको प्याकेजिङ हेर्नुहोस् । सिल गरिएको वा प्याकेट बन्द गरिएका उत्पादनहरूको सिल जाँच गर्नुहोस् । यदि प्याकेजिङ बिग्रिएको छ वा ब्रान्डको नाम अलि फरक छ भने त्यसलाई नकिन्नु उचित हुन्छ । ब्रान्डको नाम फरक छ वा प्याकेजिङ बिग्रिएको छ भने त्यो खाद्यवस्तु नक्कली हुन सक्छ ।

२. उत्पादन मिति र उपभोग गरिसक्नुपर्ने अवधि

प्याकेट बन्द खाद्यान्न किन्दा उत्पादन मिति र उपभोग गरिसक्नुपर्ने अवधि (एक्सपायरी डेट) हेर्न भुल्नु हुँदैन । मिति हेरियो भने उत्पादन धेरै पुरानो वा म्याद सकिएको छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

यदि उत्पादनको मितिमा कुनै परिवर्तन गरिएको देखिन्छ भने त्यो रिसाइकल सामग्री हुन सक्छ । जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

३. अधिकतम मूल्य

कुनैपनि प्याकेट बन्द खाद्यान्न खरिद गर्दा प्याकेटमा त्यस खाद्यान्नको अधिकतम मूल्य हेर्नुपर्छ । यसो गर्दा बिक्रेताले खाद्यान्नको मूल्यमा केही हेरफेर गरेको छ कि भन्ने कुरा थाहा हुन्छ ।

४. के–के मिसाएर बनाइएको हो ?

प्याकेट बन्द गरिएको कुनै पनि खाद्यवस्तु किन्नुअघि प्याकेटको पछाडिको भाग जाँच गर्नुपर्छ । त्यहाँ लेखिएको जानकारी खासमा उपभोक्ताका लागि निर्देशिकाजस्तै हो ।

कानुनअनुसार प्याकेज गरिएका वस्तुहरू बिक्री गर्ने सबै कम्पनीले उक्त वस्तुमा रहेका सम्पूर्ण सामग्रीको नाम र परिमाण उल्लेख गरेको हुन्छ । के–के मिसाइएको छ ? कति मात्रामा मिसाइएको छ भन्ने जानकारी त्यहाँ हुन्छ ।

५. कुन तत्त्व बढी छ ?

खाद्यान्न खरिद गर्दा त्यसमा कुन तत्त्व बढी छ भन्ने कुरा पनि हेर्नुपर्छ । खासगरी प्याकेट बन्द चिप्स, चाउचाउ लगायत खानेकुरामा सोडियमको मात्रा बढी हुन्छ । सोडियम बढी भएको खानेकुरा उच्च रक्तचापको बिरामीले प्रयोग नगरेको राम्रो हुन्छ । त्यसरी नै कुनैमा ट्रन्सफ्याट, कुनैमा चिनीको मात्रा बढी भएको हुन सक्छ । त्यसैले कुन तत्त्व बढी मात्रामा छ भनेर हेरेर मात्र किन्नु उचित हुन्छ ।

६. रङ र बनावट

कुनै प्याकेट बन्द खाद्यान्न पारदर्शी प्याकेटमा बन्द गरिएका हुन्छन् । त्यस्ता खाद्यान्नको रंग र बनावट हामी प्याकेट बाहिरबाट पनि नियाल्न सक्छौं । यस्तो अवस्थामा खाद्यान्नको रंग तथा बनावट परिवर्तन भएको छ वा छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । रंग तथा बनावटमा परिवर्तन भएको छ भने त्यो बिग्रिएको हुन सक्छ ।

जान्नैपर्ने कुरा

बजारमा अहिले सबैजसो खानेकुरा प्याकेटबन्द उपलब्ध हुन्छन् । हामीलाई खरिद गर्न पनि त्यस्तै सजिलो लाग्छ । सहरका सुपरस्टोरदेखि किराना पसलसम्ममा त्यस्ता खानेकुरा छ्यापछ्याप्ती हुन्छन् । तर यस्ता खानेकुरा खरिद गर्नुअघि त्यहाँ उत्पादन मिति, म्याद गुज्रिने मिति, तौल, अधिकतम मूल्य आदि उल्लेख छ वा छैन हेर्नैपर्छ । यदि यी कुराहरु उल्लेख छैन वा स्पष्ट छैन भने त्यो कमसल हुने जोखिम धेरै हुन्छ । त्यसैले त्यस्ता खानेकुरा किन्न हुँदैन । आरेम कार्कीले अनलाइनखबरमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व