काठमाडौँ । सरकारले हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउँदैछ ।
राष्ट्रिय कार्यक्रमअन्तर्गत देशभरका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
यस वर्ष दशैँको सार्वजनिक बिदाका कारण कात्तिक २ र ३ गते सञ्चालन हुने कार्यक्रम हिजो र आजका लागि सारिएको थियो ।
स्वास्थ्य सेवा विभागका अनुसार यसपटक करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य छ । यसका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
बालबालिकाले नजिकैको वडा कार्यालय, स्वास्थ्य चौकी वा तोकिएका केन्द्रमा निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि लिन सक्नेछन् ।
बालबालिकामा कुपोषण तथा स्वास्थ्यसम्बन्धी जटिलता न्यूनीकरण गर्ने उद्देश्यले सरकारले नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।










Discussion about this post