Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २०, २०८३
शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी थालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराई क्षेत्रमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारी अघि बढाएको हो।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले शीतलहर र हिमपातलाई सामान्य मौसमी अवस्थाका रूपमा लिन नहुने बताउनुभएको छ। उहाँले सम्भावित जोखिमबाट जनधनको क्षति रोक्न समयमै पूर्वतयारी र प्रतिकार्य योजना बनाउनुपर्नेमा जोड दिनुभयो।

मध्य मङ्सिरदेखि मध्य फागुनसम्म तराईमा शीतलहर, कुहिरो र हुस्सु तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहने उहाँले बताउनुभयो। लामो समयसम्म चिसो बढ्ने र बाक्लो हुस्सु लाग्ने अवस्थाले जनजीवन प्रभावित पार्न सक्ने उहाँको भनाइ छ।

शीतलहरसँगै वायु प्रदूषणको जोखिमसमेत बढ्ने भएकाले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्राधिकरणले जनाएको छ। प्रदूषणको अवस्था गम्भीर बनेमा विद्यालय बन्द गर्ने, सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने तथा निर्माण कार्य रोक्नेसम्मका उपाय अपनाउनुपर्ने कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो।

बाक्लो हुस्सु र तुवाँलोका कारण हवाई तथा सडक यातायात प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने उहाँले उल्लेख गर्नुभयो। कतिपय अवस्थामा दृश्यता ५० मिटरसम्म सीमित हुन सक्ने भएकाले यातायात सञ्चालनमा विशेष सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ।

त्यस्तै, दुई हजारदेखि दुई हजार पाँच सय मिटरभन्दा माथिका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले स्थानीय बासिन्दा, पर्यटक र यात्रुको सुरक्षाका लागि आवश्यक तयारी गर्नुपर्ने उहाँले बताउनुभयो।

शीतलहरबाट गर्भवती, नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी बढी प्रभावित हुन सक्ने भएकाले उनीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्राधिकरणले जनाएको छ। जोखिमयुक्त क्षेत्रमा दाउरा वितरण गर्नुका साथै विपन्न परिवारलाई न्यानो कपडा र कम्बल उपलब्ध गराउने तयारी गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार
National News

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

कार्तिक २०, २०८३
प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी
फ्ल्यास हेडिङ

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३
विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी
फ्ल्यास हेडिङ

विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी

कार्तिक २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

कार्तिक २०, २०८३
शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

कार्तिक २०, २०८३
प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३
विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी

विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी

कार्तिक २०, २०८३
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

कार्तिक २०, २०८३
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व