काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ सय १० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय १० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो।










Discussion about this post