काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकआपसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ।
मंगलबार एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर ठोक्किएका थिए। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए।
घटनाको अनुसन्धानका लागि प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियरसहित पाँच सदस्यीय समिति गठन गरेको हो।
समितिलाई दुर्घटनाको कारण र कारक तत्त्व पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।










Discussion about this post