काठमाडौं । सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
सामान्यतया पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्ष दशैँको सार्वजनिक बिदाका कारण मिति परिवर्तन गरिएको हो।
सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। दोस्रो चरणको कार्यक्रम वैशाख ६ र ७ गते सञ्चालन हुने गर्दछ।










Discussion about this post