Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २०, २०८३
एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गोर्खाजले लगातार दोस्रो जित निकालेको छ । काठमाण्डौले विराटनगर किङ्ग्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो खेलबाट दोस्रो जित हात पारेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हिजो बेलुकी भएको खेलमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाण्डौले ९ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाण्डौको जितमा डेभिड वार्नर र विलियम बोसिस्टोले उत्कृष्ट ब्याटिङ गरे । दोस्रो विकेटका लागि यी दुई खेलाडीले ६९ रनको अविजित साझेदारी गरे । वार्नरले २४ बलमा २ चौका र ३ छक्काको मद्दतमा अविजित ४४ रन बनाए भने बोसिस्टोले २४ बलमा ३ चौकासहित २३ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर १८ ओभर ३ बलमा ८३ रन बनाउँदै अलआउट भएको थियो । यो जारी प्रतियोगिताकै सबैभन्दा कम योगफल हो । यसअघि पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग ८७ रनमा अलआउट भएको थियो ।

विराटनगरका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले ३९ रनको साझेदारी गरे । बसिर अहमदले १० रन बनाए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

काठमाण्डौका लागि सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए । करण केसी र सहानले २–२ विकेट लिँदा जहानदाद खान, साहब आलम र देव शाहले १–१ विकेट हात पारे ।

जितसँगै ४ अंक जोडेको काठमाण्डौ राम्रो रनरेटका आधारमा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा कायम छ । काठमाण्डौसँगै विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमको समान ४ अंक रहेको छ । तीनवटै खेलमा पराजित पोखरा अंकविहीन हुँदै तालिकाको पुछारमा छ भने चितवनको ३ अंक छ ।

यसैगरी हिजो दिउँसो भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो । जितसँगै लुम्बिनीले अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

एनपीएलमा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो साढे १२ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल बेलुकी ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

आठ टोली सहभागी प्रतियोगिताको तेस्रो संस्करण आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा
खेलकुद

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

कार्तिक २०, २०८३
यू–१९ एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
फ्ल्यास हेडिङ

यू–१९ एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २०, २०८३
तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान
कला/संस्कृति

तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान

कार्तिक २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

कार्तिक २०, २०८३
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

कार्तिक २०, २०८३
यू–१९ एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

यू–१९ एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २०, २०८३
तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान

तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान

कार्तिक २०, २०८३
एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

कार्तिक १९, २०८३
आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

कार्तिक १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व