Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युरिक एसिड भएकाले कस्ता खानेकुरा खानै हुन्न ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जोर्नी तथा हड्डी दुखाइको समस्याले प्रायः मानिसलाई सताइरहेको हुन्छ । कहिलेकाहीं यसको कारण अत्यधिक थकान वा हड्डी कमजोर भएर हुन्छ । तर यो समस्या बारम्बार दोहोरिन्छ भने त्यसको कारण शरीरमा युरिक एसिडको मात्रा बढेर पनि हुन सक्छ ।

युरिक एसिड हाम्रो शरीरमा पाइने प्राकृतिक रसायन हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्त्वलाई युरिक एसिड भनिने बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी बताउँछिन् ।

‘न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । मिर्गौलाले युरिक एसिडलाई फिल्टर गर्ने काम गर्छ, त्यसपछि यो पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ,’ उनी भन्छिन्, ‘जब मिर्गौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ ।’

मिर्गौला युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । जसकारण धेरै किसिमका समस्या आउन थाल्छन् ।

के कारण हुन्छ युरिक एसिड ?

हामीले खाएको सामान्य खानालाई मिर्गौलाले छान्न नसकेर युरिक एसिड हुन्छ । यस्तो समस्या वंशाणुगत कारणले हुने नकर्मी बताउँछन् । ‘शरीरमा युरिक एसिडको उत्पादन बढी भएर युरिक एसिडको समस्या निम्तिन्छ,’ उनी भन्छिन् ।

ट्युमर, रगतको क्यान्सर, टीभीको औषधिको सेवन गर्दा, रक्सीको सेवनले र धेरै प्युरिन भएका खानेकुरा रातो मासु, बट्टामा प्याक भएको खाना खाँदा पनि शरीरमा युरिक एसिड बढेर समस्या निम्तिने नकर्मी बताउँछिन् ।

युरिक एसिड लामो समयसम्म जम्मा भइरह्यो भने ‘गठिया’ जोर्नी सुन्निने समस्या हुन्छ । नकर्मी भन्छिन्, ‘जोर्नीहरू अचानक रातो भए सुन्निने दुख्ने हुन्छ । बिस्तारै जोर्नीहरू कमजोर हुने हड्डी खिइने समस्या देखिन्छ । त्यसपछि छालाको मुनि सेतो सेतो दाना जस्तो भएर जम्मा हुन्छ ।’

युरिक एसिड मिर्गौलामा जम्मा भयो भने पत्थरी हुने र मिर्गौला नै खराब हुन सक्छ । यसले मुटुको भल्बहरूमा समस्या पनि निम्त्याउन सक्ने उनी बताउँछिन् ।

युरिक एसिडको संकेत

जोर्नी दुख्ने, जोर्नी सुन्निने, रातो हुने, जोर्नी चलाउन नसकिने, मिर्गौलामा पत्थरी र बिहान उठ्ने बेलामा दुखाइ धेरै हुने युरिक एसिडका संकेत हुन् । युरिक एसिडको समस्या ४० वर्षको उमेरपछि पुरुषहरूमा बढी देखापर्छ । महिलामा चाहिं महिनावारी सुकेपछि यो समस्या बढी देखिन्छ ।

‘तर युवाहरूमा पनि यो समस्या बढ्दै गएको छ,’ नकर्मी भन्छिन्, ‘अहिलेको खानपान र जीवनशैलीले उच्च रक्तचाप, मधुमेहजस्तै युरिक एसिडको समस्या पनि बढाएको छ ।’

युरिक एसिड भएकाले कस्ता खानेकुरा खानै हुन्न ?

युरिक एसिड भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ । मासु खाँदा जनावरको भित्री अंग कलेजो, फोक्सो, गिदी, आन्द्रा खानै नहुने नकर्मी सुझाउँछिन् । प्युरिन बढी भएका खानेकुरा, रातो मासु, बट्टामा प्याक भएको पेय पदार्थ, सामुन्द्रिक माछा, नुन र चिनी बढी प्रयोग भएका जंकफुडबाट सकेसम्म टाढा रहनुपर्छ ।

‘गेडागुडी, अमिलो खानेकुरा बार्नु पर्दैन । गेडागुडी अमिलो दही खानै हुन्न भन्नु भ्रम मात्र हो,’ नकर्मी भन्छिन्, ‘दूध, फलफूल, हरियो तरकारी, दही र सलाद खान हुन्छ । प्रशस्त पानी पनि पिउनुपर्छ ।’

युरिक एसिड भएका व्यक्तिले रातो मासु भने कम गर्नुपर्छ । त्यसको साटो कुखुराको मासु, माछा खान मिल्छ । अण्डा, दूध, माछा, गेडागुडीमा राम्रो प्रोटिनको मात्रा मिल्ने नकर्मी बताउँछिन् । ‘साथै हरियो सागपात फलफूललगायत खानेकुरा खाँदा पोषणको अभाव हुने त कुरै भएन,’ नकर्मी भन्छिन् ।

नियमित व्यायाम गर्ने, स्वास्थ्य खानपान र जीवनशैली अपनाएमा युरिक एसिड हुने सम्भावना कम हुने नकर्मी बताउँछिन् । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व