सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन हुने

दार्चुलामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन हुने भएको छ । मंगलबार जिल्ला स्तरीय अन्तरक्रियाको आयोजना गरेर जिल्लाका स्थानीय तहहरुमा अभियान सञ्चालन हुने जानकारी दिइएको हो । दार्चुलामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सञ्चालन हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताए ।

स्थानीय तहहरुका वडामै पुगेर विवरण दर्ताको काम शुरु हुने भएकाले यसमा सहभागिता जनाउन महानिर्देशक भट्टराईले आग्रह समेत गरेका छन् । राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले यसमा आफ्नो विवरण दर्ता गराउन उनले आग्रह गरे ।

दार्चुलामा अहिले सम्म जिल्ला प्रशासन कार्यालयमा मात्रै विवरण दर्ताको काम भइरहेकोमा अब अभियानका रुपमा वडा तहमा विवरण दर्ताको काम शुरु हुने जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी हेमन्ती साउँदले बताइन् । हाल सम्म दार्चुलामा ९ हजार १सय ७८ जनाको विवरण संकलन गरिएको जनाइएको छ । सगुन खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds