काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको हो।
मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेको थियो। त्यस दिन ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बुधबार नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छ। यस दिन ३५८ वटा कम्पनी तथा स्क्रिप्सका २ करोड २१ लाख २३ हजार ४१४ कित्ता सेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएका सेयरमध्ये ९८ वटाको मूल्य बढेको छ भने १७१ वटाको मूल्य घटेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ११.४८ प्रतिशतले बढ्दा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयर मूल्य ८.६५ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ। कम्पनीको ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, घोराही सिमेन्ट इन्डस्ट्रिजको ५१ करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, एनआईसी एसिया बैंकको ३२ करोड र घलेम्दी हाइड्रोपावरको २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार कारोबारमा आएका समूहगत उपसूचकमध्ये चार समूह सकारात्मक देखिएका छन् भने बाँकी समूह घटेका छन्। जीवन बीमा, म्युचुअल फन्ड, अदर्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहका उपसूचक नकारात्मक रहे।










Discussion about this post