साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। यो साता आइतबारबाट निरन्तर घट्न थालेको सुनको भाउ बिहीबार बढेको थियो भने आज (शुक्रबार) भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जानकारी दिएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ९९ हजार ३०० निर्धारण भएको छ। बिहीबार पनि तेजावी सुन प्रतितोला ९९ हजार ३०० सय रुपैयाँमै कारोबार भएको थियो।
यस्तैगरी, सुनको भाउस्थिर रहेपनि आज चाँदीको मूल्य भने घटेको छ। बिहीबार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार भने घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले सस्तो हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post