काठमाडौं । भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने निर्णय गरेको छ।
भारतको ऊर्जा मन्त्रालयका अनुसार आगामी डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म राति १२ बजेदेखि साँझ ६ बजेसम्म नेपाललाई उक्त विद्युत् उपलब्ध गराइनेछ।
मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनबाट ५४ मेगावाट विद्युत् आपूर्ति गरिनेछ।
भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातबारे भने सन् २०२६ डिसेम्बरमा समीक्षा गर्ने जनाएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट नेपालका जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेको अवस्थामा भारतको यो निर्णयलाई ऊर्जा आपूर्तिमा सहयोगका रूपमा हेरिएको छ।
भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा दुई देशबीच ऊर्जा क्षेत्रमा रहेको सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ।









Discussion about this post