सुनको भाउ आज एकैदिन १८ सय रुपैयाँले घटेको छ।
आज तोलामा सुनको भाउ १८ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसअघि गएको बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ। उज्यालो अनलाइन बाट सभार









Discussion about this post