दार्चुला – जिल्लामा मिलमा बेरिएर एक जनाको ज्यान गएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका ६ पनेबाजमा मिलमा बेरिएर अन्दाजी ५० वर्षीय धनसिंह धामीको मृत्यु भएको हो।
आइतबार (आज) बिहान करिब ९ बजेतिर आफ्नै मिलमा अन्न पिध्ने क्रममा मिलको फितामा बेरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार







Discussion about this post