काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच दिउँसो साढे १२ बजे सुरु हुनेछ।
तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार बेहोरेको छ भने जनकपुरले दुई जित र एक हार निकालेको छ।
आजको दोस्रो खेल साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच साँझ ५ बजे हुनेछ। दुई खेल खेलेको लुम्बिनीले एक जित निकालेको छ भने पोखरा दुवै खेलमा पराजित भएको छ।
यसअघि हिजो भएका खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज विजयी भएका थिए। आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।










Discussion about this post