काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ। सोमबार ३ हजार ७२० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।










Discussion about this post