काठमाडौं । आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईका क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। गएराति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा छिटपुट वर्षा भएको थियो।
यसैबीच, बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना रहे पनि त्यसको प्रभाव नेपालमा नपर्ने महाशाखाले स्पष्ट पारेको छ।
मौसमविद्हरूका अनुसार आगामी दुई सातासम्म नेपालमा ठूलो वर्षा गराउने प्रणाली आउने सम्भावना छैन। त्यसैले किसानलाई ढुक्क भएर धान काट्न सुझाव दिइएको छ।










Discussion about this post