मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । काममा अरुको समर्थन पाइने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला । समर्थन गर्ने प्रशस्त पाइएलान ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग परेको छ । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । कामहरु पनि सजिलै संग बन्ने छन् । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । हात हतियारबाट जोगिनु पर्ने दिन रहेको छ । केही विवाद तथा समेत परिने योग छ, सावधान रहनु होला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिस्थिति सँग केही सम्झौता गर्नुपर्नेछ । जगिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान–सम्मान पनि पाइनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ । धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला ।