Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
0
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) लाई सामग्री हस्तान्तरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित किशोरी समृद्धिका लागि ‘बी फोर जी’ परियोजना अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो।

बढ्दो गर्मीको समयमा लैङ्गिक हिंसाविरुद्धको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले केन्द्रलाई एक थान एसी र एक थान वाटर डिस्पेन्सर उपलब्ध गराइएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका संयोजक राज कुमार सुनार र पीयूडी परियोजनाका संयोजक नवराज पाण्डेयले संयुक्त रूपमा महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीलाई सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएका सामग्रीमा १ थान एसी र १ थान वाटर डिसम्पेन्सन गरि जम्मा रू. १ लाख १८ हजार ४ सय २४ रूपैँया बराबरको सामग्री रहेको छ।

सामग्री हस्तान्तरण गर्दै सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले जलवायु परिवर्तनको असरका कारण पछिल्लो समय बढिरहेको अत्यधिक गर्मीमा सेवा प्रवाहलाई सहज बनाउन सहयोग गरिएको बताउनुभयो। ओसीएमसी जस्ता संकट व्यवस्थापन केन्द्रहरू सशक्त र प्रभावकारी रूपमा सञ्चालन हुनु अत्यन्त जरुरी रहेको उल्लेख गर्दै उहाँले लैङ्गिक हिंसा पीडित महिला, किशोरी तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको समुचित संरक्षण, सेवा र पुनर्स्थापनामा यस्ता केन्द्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। ‘बी फोर जी’ परियोजनाको मूल उद्देश्य पनि किशोरी र महिलामाथिको हिंसा न्यूनीकरण गर्दै सुरक्षित एवम् उत्तरदायी वातावरण निर्माण गर्नु रहेकाले, यस सामग्रीले केन्द्रको सेवा क्षमता अभिवृद्धिमा सहयोग पुर्यारउने उहाँले बताउनुभयो।

त्यस्तै, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र वर्ल्ड भिजनले गरेको यो सहयोगले अस्पताललाई थप उत्साह र ऊर्जा प्रदान गरेको बताउनुभयो। उहाँले ओसीएमसीको सेवा विस्तार र गुणस्तर सुधारमा यस्ता साझेदारीहरूले दीर्घकालीन योगदान पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो।

सामग्री हस्तान्तरण कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रकी नर्सिङ्ग निरीक्षक सुनिता थापा, नेपाल राष्ट्रिय समाज कल्याण संघका परियोजना संयोजक नवराज पाण्डेय, ‘बी फोर जी’ परियोजनाकी संयोजक सारिका लगायतको उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ४, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

कार्तिक ८, २०८३
‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

कार्तिक ८, २०८३
नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

कार्तिक ८, २०८३
आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३
बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व