कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) लाई सामग्री हस्तान्तरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित किशोरी समृद्धिका लागि ‘बी फोर जी’ परियोजना अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो।

बढ्दो गर्मीको समयमा लैङ्गिक हिंसाविरुद्धको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले केन्द्रलाई एक थान एसी र एक थान वाटर डिस्पेन्सर उपलब्ध गराइएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका संयोजक राज कुमार सुनार र पीयूडी परियोजनाका संयोजक नवराज पाण्डेयले संयुक्त रूपमा महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीलाई सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएका सामग्रीमा १ थान एसी र १ थान वाटर डिसम्पेन्सन गरि जम्मा रू. १ लाख १८ हजार ४ सय २४ रूपैँया बराबरको सामग्री रहेको छ।

सामग्री हस्तान्तरण गर्दै सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले जलवायु परिवर्तनको असरका कारण पछिल्लो समय बढिरहेको अत्यधिक गर्मीमा सेवा प्रवाहलाई सहज बनाउन सहयोग गरिएको बताउनुभयो। ओसीएमसी जस्ता संकट व्यवस्थापन केन्द्रहरू सशक्त र प्रभावकारी रूपमा सञ्चालन हुनु अत्यन्त जरुरी रहेको उल्लेख गर्दै उहाँले लैङ्गिक हिंसा पीडित महिला, किशोरी तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको समुचित संरक्षण, सेवा र पुनर्स्थापनामा यस्ता केन्द्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। ‘बी फोर जी’ परियोजनाको मूल उद्देश्य पनि किशोरी र महिलामाथिको हिंसा न्यूनीकरण गर्दै सुरक्षित एवम् उत्तरदायी वातावरण निर्माण गर्नु रहेकाले, यस सामग्रीले केन्द्रको सेवा क्षमता अभिवृद्धिमा सहयोग पुर्यारउने उहाँले बताउनुभयो।

त्यस्तै, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र वर्ल्ड भिजनले गरेको यो सहयोगले अस्पताललाई थप उत्साह र ऊर्जा प्रदान गरेको बताउनुभयो। उहाँले ओसीएमसीको सेवा विस्तार र गुणस्तर सुधारमा यस्ता साझेदारीहरूले दीर्घकालीन योगदान पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो।

सामग्री हस्तान्तरण कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रकी नर्सिङ्ग निरीक्षक सुनिता थापा, नेपाल राष्ट्रिय समाज कल्याण संघका परियोजना संयोजक नवराज पाण्डेय, ‘बी फोर जी’ परियोजनाकी संयोजक सारिका लगायतको उपस्थिति रहेको थियो।










Discussion about this post