Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ४, २०८३
चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा । दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै झापामा सशस्त्र प्रहरीले सीमा क्षेत्रदेखि मुख्य राजमार्गसम्म सुरक्षा व्यवस्था कडा बनाएको छ । सम्भावित आपराधिक गतिविधि, अवैध ओसारपसार तथा विपद्का घटना न्यूनीकरण गर्न प्रविधिसहितको विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार सुरक्षा संवेदनशील क्षेत्र, मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा निगरानी गर्न ड्रोन परिचालन गरिएको छ । सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा आवश्यक स्रोतसाधनसहित सुरक्षाकर्मी खटाइएको छ ।

सीमा नाकाबाट आवतजावत गर्ने नेपाली नागरिक तथा पर्यटकलाई सहजता प्रदान गर्न सात स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । त्यस्तै, काँकडभिट्टा नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न तालिमप्राप्त स्निफिङ डगसहितको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सचेतनामूलक माइकिङ, स्थानीय बासिन्दासँग अन्तरक्रिया तथा नियमित निगरानीसमेत गरिरहेको छ । गोप्रो क्यामेरासहितको बोर्डर इन्टरएक्सन टिमले सीमा क्षेत्रमा चेकजाँच तीव्र बनाउनुका साथै मानव बेचबिखन, लागूऔषध तस्करी र अन्य अवैध गतिविधि नियन्त्रणमा सक्रियता बढाएको छ ।

चाडपर्वका बेला हुन सक्ने दुर्घटना तथा विपद्मा तत्काल उद्धार गर्न तीन स्थानमा एम्बुलेन्ससहितका उद्धार टोली परिचालन गरिएको छ । विशेष सुरक्षा योजनाअन्तर्गत झापाका विभिन्न स्थानमा दैनिक २० वटा चेकपोइन्ट सञ्चालन, १६ स्थानमा पैदल तथा मोबाइल गस्ती, पाँच स्थानमा पिकेट र तीनवटा क्विक रेस्पोन्स टिम परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

आपत्कालीन अवस्था वा विपद्मा परेका नागरिकले सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ वा सीमा हटलाइन ९८५१२६०७३० मा सम्पर्क गरी सहयोग लिन सक्ने व्यवस्था मिलाइएको छ ।

चाडपर्वका समयमा नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
खेलकुद

ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

कार्तिक ४, २०८३
मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान
फ्ल्यास हेडिङ

मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान

कार्तिक ४, २०८३
तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए
फ्ल्यास हेडिङ

तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए

कार्तिक ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

कार्तिक ४, २०८३
मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान

कार्तिक ४, २०८३
तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए

तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए

कार्तिक ४, २०८३
पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित उडान बन्द

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित उडान बन्द

कार्तिक ४, २०८३
दशैँसँगै आँखा पाक्ने रोगको जोखिम, सरसफाइमा ध्यान दिन आग्रह

दशैँसँगै आँखा पाक्ने रोगको जोखिम, सरसफाइमा ध्यान दिन आग्रह

कार्तिक ४, २०८३
चीनमा पुटिन र सीसँग भेटवार्ता गर्न ट्रम्प तयार

चीनमा पुटिन र सीसँग भेटवार्ता गर्न ट्रम्प तयार

कार्तिक ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व