Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रास्वपा सुदूरपश्चिमको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा. बुडाललाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०८३
रास्वपा सुदूरपश्चिमको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा. बुडाललाई
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश कार्यालयले कञ्चनपुरका वरिष्ठ चिकित्सक डा. वीरेन्द्र सिंह बुडाललाई पार्टीको प्रदेश स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख पदमा नियुक्त गरेको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ निवासी डा. बुडाललाई रास्वपा सुदूरपश्चिम प्रदेश सभापति ई. प्रकाश विष्टद्वारा हस्तान्तरित पत्रमार्फत सो महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको हो। गत वैशाख ३० गते जारी गरिएको नियुक्ति पत्र अनुसार डा. बुडाललाई पार्टीको विधान, नीति, सिद्धान्त, विभागको नियमावली तथा कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशित गरिएको छ।

चिकित्सा क्षेत्रमा लामो र प्रतिष्ठित अनुभव सम्हाल्नुभएका डा. बुडाल ‘एमडी एनेस्थेसिया एन्ड क्रिटिकल केयर स्पेसलिष्ट’ हुन्। विगत २०–२१ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर आबद्ध रहँदै आउनुभएका डा. बुडाल हाल मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समिति सदस्य समेत हुन्।

लामो समयदेखि कञ्चनपुरसहित समग्र सुदूरपश्चिमको स्वास्थ्य अवस्थालाई नजिकबाट नियाल्नुभएका डा. बुडालको यो नियुक्तिले यस क्षेत्रको स्वास्थ्य नीति निर्माण र जनसरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न थप मद्दत पुग्ने विश्वास रास्वपाले लिएको छ।

नवनियुक्त विभाग प्रमुख डा. बुडालले प्रादेशिक तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार, महामारी नियन्त्रण, गुणस्तरीय चिकित्सा शिक्षा र सरकारी अस्पतालहरूको स्तरोन्नतिका लागि नीतिगत दबाब सिर्जना गर्न आफूले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो। उहाँले सुदूरपश्चिमका दूरदराजका नागरिकहरूले अझै पनि सामान्य उपचारका लागि भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्न राजनीतिक तथा नीतिगत तहमै ठोस कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

साउन २५, २०८३
प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

साउन २५, २०८३
ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

साउन २५, २०८३
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

साउन २५, २०८३
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

सरकार–निजी क्षेत्र बलियो साझेदारी आवश्यक : अर्थमन्त्री वाग्ले

साउन २५, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

साउन २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व