प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले विरोध गरेका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको घोषणा गरेलगत्तै विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले बोल्न समय दिएपछि सांसदहरूले प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले दिएको उक्त अभिव्यक्तिपछि विपक्षी सांसदहरूले निरन्तर विरोध गर्दै आएका छन्। तर प्रधानमन्त्री शाहले अहिलेसम्म उक्त विषयमा स्पष्टीकरण दिएका छैनन्। सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छैनन्।










Discussion about this post