प्रतिनिधिसभाको सोमबारको बैठकमा तीन वटा विधेयक प्रस्तुत भएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे। समसामयिक आवश्यकताअनुसार २०१९ सालको ऐन संशोधन गर्न विधेयक ल्याइएको उनले बताए।
त्यस्तै, कानुनमन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्दै छिटोछरितो न्याय निरूपणका लागि ऐन संशोधन आवश्यक रहेको बताइन्।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरे। बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन रोक लगाउँदै विद्यमान कानुनी व्यवस्था परिमार्जन गर्न विधेयक ल्याइएको उनले जानकारी दिए।










Discussion about this post