Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संविधान खारेज गरिंदै थियो, मैले बचाउन सहजीकरण गरें : प्रचण्ड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८२
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाउन र अन्तरिक सरकार गठनका लागि आफूले सहजीकरण गरेका बताएका छन् ।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि संविधान र राष्ट्रपति संस्था पनि खारेज गर्न लागिएको दाबी गर्दै प्रचण्डले आफूले बचाउन सहजीकरण गरेको दाबी गरेका हुन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि राष्ट्रपति र प्रधान सेनापतिसँग रातभर छलफल गरेको बताएका हुन् ।

‘इतिहासले, घटनाक्रमले र संयोगले यो प्रक्रियामा कुनै न कुनै रुपले सहजीकरण गर्ने अवसर दियो मलाई । मैले संसद विघटन मात्रै होइन । संविधान खारेज गर्ने र राष्ट्रपति हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने, बुझ्ने अवसर पाए’, उनले भने, ‘अन्तिममा हुन सक्ने जति सहजीकरण रातभर बसेर सम्माननीय राष्टपति, प्रधानसेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकारको यो रुपमा गएर पनि संविधान बचाउनु पर्छ भनेँ ।’

वर्तमान संविधान सामान्य संविधान नभएको बताउँदै उनले राष्ट्रपति संस्थालाई हरहालतमा बचाउनुपर्छ भनेर आफू लागेको बताए । यो संविधान र राष्ट्रपति संस्थासँग माओवादीको योगदान रहेको बताउँदै उनले यो सहजीकरण गर्ने अधिकार पनि भएको बताए ।

उनले प्रधानसेनापतिलाई पनि धन्यवाद दिएका छन् । प्रधान सेनापतिले राजनीतिक रुपले निकास निस्केन भने मुलुक भयानक अप्ठेरोमा जानसक्ने भनेर कोसिस गरेको आफूले देखेको उनको दाबी छ ।

जेनजीहरुले आगजनी र तोडफोड नगर्न अपिल गर्दागर्दै पनि त्यस्तो घटना भएको भन्दै प्रचण्डले घुसपैठ भएको बताए ।

हालको संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।  अनलाइनखबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान
फ्ल्यास हेडिङ

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

कार्तिक ५, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच
फ्ल्यास हेडिङ

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अशोज ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

कार्तिक ८, २०८३
‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

कार्तिक ८, २०८३
नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

कार्तिक ८, २०८३
आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३
बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व