Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाअन्तर्गत दोधारा चाँदनी नगरपालिका र कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि तथा विषयगत शाखा प्रमुखहरूका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (DRRM), जलवायु परिवर्तन अनुकूलन (CCA) र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI), अपाङ्गता (GEDSI) मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न गरिएको छ।

साउन १४ र १५ गते सञ्चालन गरिएको तालिममा जलवायु परिवर्तनका प्रभाव, जलवायु अनुकूलन तथा न्यूनीकरण, DRRM र CCA मा GESI मूलप्रवाहीकरण, राष्ट्रिय अनुकूलन योजना (NAP), बजेट निर्माण मापदण्ड, समावेशी विपद् पूर्वतयारी, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा जनप्रतिनिधिको भूमिका, पालिका तथा प्रदेश तहका असल अभ्यास, चुनौती तथा स्थानीय कार्ययोजना निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो।

 

परियोजना संयोजक महेश घिमिरेका अनुसार जलवायु उत्थानशील समुदाय (CRC) परियोजनाले बाढी र तातो हावाको लहरजस्ता जलवायुजन्य प्रकोपबाट समुदाय र स्थानीय सरकारको पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाको क्षमता अभिवृद्धि गर्दै जलवायु उत्थानशील र समावेशी समुदाय निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिरहेको छ।

समापन कार्यक्रममा बोल्दै कञ्चनपुर जिल्ला समन्वय समितिकी उपप्रमुख रामकुमारी झाक्रीले तालिमका विषयवस्तु समयसापेक्ष, सान्दर्भिक र व्यवहारिक रहेको बताइन्। उनले स्थानीय तहका योजना तथा कार्यक्रम निर्माण गर्दा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, दलित, असक्त तथा विपद्बाट बढी प्रभावित समुदायलाई प्राथमिकतामा राखेर समावेशी नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइन्। तालिमले पालिका तहमा GESI लाई विपद् व्यवस्थापन र जलवायु अनुकूलनसँग कसरी मूलप्रवाहीकरण गर्न सकिन्छ भन्ने विषयमा अनुभव आदान–प्रदान र आगामी कार्ययोजना निर्माणमा समेत सहयोग पुगेको उनको भनाइ रहेको छ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले स्थानीय तहले निर्माण गर्ने नीति, कानुन, ऐन, निर्देशिका तथा कार्ययोजनालाई विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र GESI का दृष्टिकोणबाट पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले २०७२ सालको भूकम्पलगायत विगतका विपद्का घटनाबाट महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय तथा न्यून आय भएका वर्ग सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै राज्यका नीति तथा कार्यक्रमहरूमा यस्ता समुदायको आवश्यकता र प्राथमिकतालाई सुनिश्चित गर्नुपर्ने बताए।

 

तालिमको सहजिकरण सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको समन्वयमा विषय विज्ञ केशव दत्त भट्ट र हरिश पन्तले गरेका थिए भने तालिमको सञ्चालन संस्थाका ज्ञान व्यवस्थापन तथा मूल्यांकन अधिकृत गोविन्द नारायण उपाध्यायले गर्नुभएको थियो ।

छलफलमा सहभागीहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिअनुसार विषयगत क्षेत्रमा न्यूनतम पाँच प्रतिशत बजेट विनियोजन गर्ने व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै विपद् संवेदनशील योजना तथा बजेट निर्माणमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

 

तालिममा कञ्चनपुर जिल्ला समन्वय समितिकी उपप्रमुख, कृष्णपुर नगरपालिकाकी उपप्रमुख, दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख, कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कृष्णपुरका वडा अध्यक्ष तथा वडा सदस्य, दोधारा चाँदनी नगरपालिका–३ का वडा अध्यक्ष, वडा नं. १० का वडा सदस्य, अपाङ्ग सेवा संघका योगेन्द्र बहादुर खड्का, एनएनएसडब्लुएका कञ्चनपुरका कार्यकारी निर्देशक अशोक विक्रम जैरु तथा संस्थाका कोषाध्यक्ष कविता जोशी लगायतको सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

छोरीको जन्मदिन अनाथ बालबालिकासँग
देश/राष्ट्रिय

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै
देश/राष्ट्रिय

कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

साउन १७, २०८३
हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३
कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

साउन १७, २०८३
देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

साउन १७, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व