Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १७, २०८३
कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै
0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको सार्क एजुकेसन फाउण्डेसनले विद्यार्थीको अंग्रेजी भाषाको व्यावहारिक ज्ञान, आत्मविश्वास र प्रस्तुतीकरण क्षमता विकास गर्ने उद्देश्यले ‘सार्क अंग्रेजी भाषा अभिवृद्धि महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। एक सातासम्म सञ्चालन हुने महोत्सव सोमबारदेखि सुरु हुनेछ।

फाउण्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतका अनुसार महोत्सवमा अमेरिकाबाट आएका फोनेटिक्स विशेषज्ञ डेलिफ विशेष सहजीकरण रहनेछ। महोत्सवमार्फत विद्यार्थीलाई सहज, प्रभावकारी र आत्मविश्वासका साथ अंग्रेजी भाषा प्रयोग गर्न प्रेरित गरिने उनले बताए।

महोत्सव अवधिभर विद्यालय परिसरमा अंग्रेजी भाषामात्र प्रयोग गर्ने वातावरण सिर्जना गरिनेछ। सम्पूर्ण क्याम्पसमा हुने संवाद, सूचना, घोषणा, संकेत तथा दैनिक अन्तरक्रिया अंग्रेजी भाषामै सञ्चालन गरिने व्यवस्था गरिएको छ। त्यसैगरी क्रियाकलापमा आधारित सिकाइ पद्धति अपनाइनेछ। खेल, भूमिका निर्वाह, कथा वाचन, नाटक, समूह छलफल तथा विभिन्न प्रयोगात्मक गतिविधिमार्फत विद्यार्थीलाई रमाइलो र प्रभावकारी ढङ्गले सिकाइ गराइनेछ।

फाउण्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले एक सातासम्म सञ्चालन हुने फेस्टिबलले विद्यार्थीको अंग्रेजी भाषा प्रयोग गर्ने क्षमता, आत्मविश्वास, नेतृत्व विकास तथा सार्वजनिक प्रस्तुतीकरण सीपमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

फेस्टिबलमा हरेक दिन फरक–फरक विषयमा आधारित सत्र सञ्चालन गरिनेछ। बोल्ने, लेख्ने, नाटक, शब्दभण्डार विकास, प्रस्तुतीकरणलगायतका सीपहरूलाई दैनिक विषयवस्तुमार्फत अभ्यास गराइने कार्यक्रम रहेको छ। विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्न पूर्णताभन्दा आत्मविश्वासलाई प्राथमिकता दिने अवधारणा अपनाइनेछ। सिकाइका क्रममा गल्ती गरेबापत कुनै दण्ड नदिई प्रोत्साहन, सकारात्मक सुझाव र निरन्तर सहयोग प्रदान गरिने फाउण्डेसनले जनाएको छ।

यसैगरी विद्यार्थीलाई थप प्रेरित गर्न प्रोत्साहन तथा सम्मान प्रणाली अन्तर्गत दैनिक उत्कृष्ट प्रयास गर्ने विद्यार्थीलाई पुरस्कार, स्टिकर, ब्याज तथा प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

छोरीको जन्मदिन अनाथ बालबालिकासँग
देश/राष्ट्रिय

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न
देश/राष्ट्रिय

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३
हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३
कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

साउन १७, २०८३
देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

साउन १७, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व