नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ८३ दिनका लागि एक खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।
राष्ट्र बैंकले अनलाइन बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट निक्षेप सङ्कलन गर्ने जनाएको छ। निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने साँवा–ब्याज असोज २७ गते भुक्तानी गरिनेछ।
केन्द्रीय बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणलाई एसएलआर तथा तरलता अनुपातमा गणना गर्न सकिनेछ, तर सीआरआरमा भने गणना गरिने छैन।










Discussion about this post