नेपाली टी–२० क्रिकेट टोलीका कप्तान Dipendra Singh Airee ले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल पूरा गरेका छन्। एशियाली खेलकुद छनोटको फाइनलमा आज हङकङविरुद्ध मैदान उत्रिँदै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।
दीपेन्द्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।
नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक खेल खेल्ने सूचीमा दीपेन्द्र शीर्ष स्थानमा रहेका छन्। उनका पछाडि Sompal Kami ले ९२ तथा Karan KC ले ९१ खेल खेलेका छन्।
नेपाली क्रिकेटका प्रमुख अलराउन्डरमध्ये एक दीपेन्द्रले आफ्नो १००औँ टी–२० अन्तर्राष्ट्रिय खेलसँगै अर्को महत्वपूर्ण कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।










Discussion about this post