Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदान्तका विद्यार्थीद्वारा आफैँले रोबोट बनाएर फुटबल प्रदर्शनी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ४, २०८३
वेदान्तका विद्यार्थीद्वारा आफैँले रोबोट बनाएर फुटबल प्रदर्शनी
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विज्ञान, प्रविधि, सिर्जनशीलता तथा व्यवहारिक सीप विकास गर्ने उद्देश्यले कञ्चनपुरको वेदान्त विद्या मन्दिरमा आयोजित चार दिने ‘छुकछुके रोबोट निर्माण कार्यशाला २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालाको अन्तिम दिन अभिभावक भेटघाट तथा ‘छुकछुके रोबोट फुटबल प्रदर्शनी’ आयोजना गरी समापन गरिएको हो।

विद्यालयका प्रधानाध्यापक राकेश बहादुर चन्दले आधुनिक शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिकाइको आवश्यकता दिनानुदिन बढ्दै गएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्न यो कार्यशाला आयोजना गरिएको उल्लेख गर्दै यस किसिमका कार्यक्रमले विद्यार्थीहरूमा नवप्रवर्तन, समस्या समाधान गर्ने क्षमता, टोलीगत कार्य तथा आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यशालामा सहभागी विद्यार्थीहरूले कम्प्युटरमार्फत डिजिटल डिजाइन, मेकानिकल संरचना निर्माण, इलेक्ट्रोनिक जडान तथा सञ्चालन सम्बन्धी आधारभूत सीप सिकेर आफ्नै ‘छुकछुके रोबोट’ तयार पारेका थिए। तालिमको अन्तिम दिन विद्यार्थीहरू आफैँले निर्माण गरेका ती रोबोटहरूबीच रोमाञ्चक फुटबल प्रतियोगिता आयोजना गरी अभिभावक तथा सरोकारवालासामु प्रत्यक्ष प्रदर्शन गरिएको विद्यालयले जनाएको छ।

गोदावरी आविष्कार केन्द्रको प्राविधिक सहजीकरणमा सम्पन्न भएको यस कार्यक्रममा शेखर राम साउद र सम्राट भट्टले मुख्य प्रशिक्षकका रूपमा विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो। विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी “सिकौं, बनाऔं र नवप्रवर्तन गरौं” भन्ने अवधारणाअनुसार व्यवहारिक निर्माण प्रक्रियामा सहभागी गराउने आयोजकको मुख्य लक्ष्य रहेको थियो।

सुदूरपश्चिम क्षेत्रमा विद्यालयस्तरमै सञ्चालन भएको यस्तो नौलो र व्यवहारिक रोबोटिक्स कार्यक्रमले विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिप्रतिको आकर्षण बढाउने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनीमा निःशुल्क आँखा शिविर: ३६५ ले लिए सेवा
देश/राष्ट्रिय

दोधारा चाँदनीमा निःशुल्क आँखा शिविर: ३६५ ले लिए सेवा

जेष्ठ ४, २०८३
कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु
देश/राष्ट्रिय

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

जेष्ठ २, २०८३
कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु
देश/राष्ट्रिय

कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

जेष्ठ १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदान्तका विद्यार्थीद्वारा आफैँले रोबोट बनाएर फुटबल प्रदर्शनी

वेदान्तका विद्यार्थीद्वारा आफैँले रोबोट बनाएर फुटबल प्रदर्शनी

जेष्ठ ४, २०८३
दोधारा चाँदनीमा निःशुल्क आँखा शिविर: ३६५ ले लिए सेवा

दोधारा चाँदनीमा निःशुल्क आँखा शिविर: ३६५ ले लिए सेवा

जेष्ठ ४, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३
कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

जेष्ठ २, २०८३
बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व