Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३०, २०८३
विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ ।

मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्य घण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र–२०८३ मा विद्यालयमा पनि हप्ताको दुई दिन बिदा दिने निर्णय भएको थियो ।

यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्य तालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो । यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, सबै पालिका र विद्यालयलाई पठाइएको छ । परिपत्रअनुसार अब पठनपाठनलाई प्रभावकारी बनाउन हरेक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ ।
त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हिउँदे र बर्से बिदाको अवधि साबिकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न गर्नुपर्नेछ ।

स्वीकृत पाठ्यक्रम एवम् निर्धारण गरिएका सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवं परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहु विषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य दिन र आवश्यकताअनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ ।

परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न
देश/राष्ट्रिय

क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

बैशाख २९, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा डम्बर राज पन्तको उम्मेदवारी
देश/राष्ट्रिय

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा डम्बर राज पन्तको उम्मेदवारी

बैशाख २९, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति
देश/राष्ट्रिय

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैशाख ३०, २०८३
विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

बैशाख ३०, २०८३
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बैशाख ३०, २०८३
फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

बैशाख २९, २०८३
क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

बैशाख २९, २०८३
प्रतिनिधिसभा बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधिसभा बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल

बैशाख २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व