Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख १८, शुक्रबार ०६:४६
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ ले वडाभित्रका ३१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। वडा कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट अन्तर्गत सामाजिक विकास क्षेत्रको शिक्षा तर्फको बजेटबाट छात्रवृत्ति प्रदान गर्न लागेको हो।

वडा कार्यालयका अनुसार यो छात्रवृत्ति वडाभित्र स्थायी बसोबास गर्ने र विभिन्न सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिनेछ। जसमा विशेषगरी विपन्न, दलित र जेहेन्दार विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएको छ। विद्यार्थीहरूको शैक्षिक निरन्तरता र उनीहरूको हौसला बढाउनका लागि यो कार्यक्रम ल्याइएको हो।

वडामा शैक्षिक सुधारका लागि विशेष पहल गर्दै आउनुभएका वडा अध्यक्ष प्रकाश थापाले शिक्षा नै विकासको मुख्य मेरुदण्ड भएकाले वडाले विद्यार्थीहरूको हितमा यो कार्यक्रम ल्याएको बताउनुभयो। उहाँले आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने वडाको लक्ष्य रहेको उल्लेख गर्दै छात्रवृत्तिले विद्यार्थीहरूलाई पढाइमा थप जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो।

वडा अध्यक्ष थापा निर्वाचित भएदेखि नै भीमदत्त–११ मा शिक्षाको गुणस्तर सुधार्न विभिन्न रचनात्मक कार्यहरू हुँदै आएका छन्। वडा कार्यालयले यसअघि पनि प्रत्येक वर्ष विद्यार्थीहरूका लागि लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि तयारी कक्षा र निःशुल्क कम्प्युटर कक्षाहरू समेत सञ्चालन गर्दै आइरहेको छ। शिक्षाका साथै खेलकुदको विकासका लागि वडाकै पहलमा क्रिकेट एकेडेमी समेत सञ्चालन गरिएको छ।

यसका साथै, वडाले सामाजिक सुरक्षा र मानवीय सहयोगका क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको छ। वडा अध्यक्ष थापाकै पहलमा वडामा शिशु जन्मिएपछि प्रति शिशु रु. २,५०० ‘शिशु स्याहार खर्च’ र परिवारमा कसैको मृत्यु भएमा दाहसंस्कारका लागि रु. ५,५०० सहयोग समेत उपलब्ध गराइँदै आएको छ। वडाको यो पछिल्लो छात्रवृत्ति कार्यक्रमले न्यून आय भएका परिवारका विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै
देश/राष्ट्रिय

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०८३ बैशाख १८, शुक्रबार ०६:४६
विद्यार्थीहरू पढाइबाट वञ्चित हुन नपरोस् भनेर सार्कले ल्यायो बृहत् छात्रवृत्ति योजना
देश/राष्ट्रिय

सार्क एजुकेशन फाउण्डेशनले ल्यायो ‘STREAME’ प्रणाली

२०८३ बैशाख १८, शुक्रबार ०६:४६
कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण
देश/राष्ट्रिय

कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

२०८३ बैशाख १८, शुक्रबार ०६:४६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८३ बैशाख १८, शुक्रबार ०६:४६
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०८३ बैशाख १८, शुक्रबार ०६:४६
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०८३ बैशाख १८, शुक्रबार ०६:४६
विद्यार्थीहरू पढाइबाट वञ्चित हुन नपरोस् भनेर सार्कले ल्यायो बृहत् छात्रवृत्ति योजना

सार्क एजुकेशन फाउण्डेशनले ल्यायो ‘STREAME’ प्रणाली

२०८३ बैशाख १८, शुक्रबार ०६:४६
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यस्तो छ आजको मौसम

२०८३ बैशाख १८, शुक्रबार ०६:४६
कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

२०८३ बैशाख १८, शुक्रबार ०६:४६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व