Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यसरी सम्भव भयो वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ आश्विन १२, आईतवार ०९:०८
यसरी सम्भव भयो वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपालले शनिबार राति सम्पन्न वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकाल्यो ।

वेस्ट इन्डिजविरुद्ध १४८ रन डिफेन्ड गर्दै नेपालले १९ रनको जित निकाल्दै आईसीसीको फूल मेम्बर ९पूर्ण सदस्य० राष्ट्रविरुद्ध पहिलो जित निकाल्न सफल भयो ।

नेपालको ऐतिहासिक जितमा सबै खेलाडीहरूले राम्रो प्रदर्शन गरे । विशेषगरी कप्तान रोहित पौडेलको प्रदर्शन शानदार रह्यो । उनी प्लेयर अफ दि म्याच घोषित भए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेदेखि यस खेलअघिसम्म नेपाली क्रिकेट टोलीले टी-२०आई अन्तर्राष्ट्रियमा १०३ खेल खेलेको थियो । १०४औं खेलमा नेपालले अन्ततस् आईसीसीको फूल मेम्बरलाई हराउन सफल भयो ।

यसकारण ऐतिहासिक जित

नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो ।

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।

हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।

नेपालले यसअघि पूर्ण सदस्य राष्ट्रसँग आठ टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । २०१४ मा अफगानिस्तान र २०१५ मा आयरल्यान्डविरुद्धका खेलहरू भने त्यतिबेला दुवै एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन।

नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको थियो।

आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नै नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।

पछिल्लोपटक सन् २०२४ मा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल केवल १ रनले पराजित हुँदै इतिहास बनाउनबाट चुकेको थियो।

यसरी सम्भव भयो जित

खेलमा नेपालले टस हारेको भएपनि कप्तान रोहित पौडेलले उक्त टस हारे पनि राम्रो भएको उल्लेख गरेका थिए । किनभने उनी टस जितेर ब्याटिङ रोज्न चाहन्थे ।

यसकारण खेलमा अर्ली एडभान्टेज भने नेपालले पाइसकेको थियो । शारजाहमा पछिल्लो समय सबै खेल पहिले ब्याटिङ गर्ने टोलीले जितिरहेका थिए । त्यसकारण राम्रो स्कोर खडा गर्न सके नेपालले कसिलो बलिङमा खेल जित्ने सम्भावना त थियो नै ।

नेपालले ब्याटिङमा सुरुवात राम्रो गर्न नसकेपनि कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । नेपालले २० ओभरमा १४८ रन बनायो । उक्त योगफल मैदानको औसतभन्दा कम भएपनि डिफेन्ड गर्न पुग्दो थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजलाई नेपालले सुरुवातदेखि नै दबाबमा राख्यो । कुशल भुर्तेलले शानदार रनआउट गर्दै पावर हिटिङ ब्याटर काइल मेयर्सलाई पेभेलियनको बाटो देखाए । त्यसपछि पनि नेपालले नियमित अन्तरालमा विकेट लिइराखेको थियो ।

दीपेन्द्रको उत्कृष्ट फिल्डिङमा अर्को एक रनआउटमार्फत किएसी कार्टी आउट भएका थिए भने सन्दीप जोराले पनि बाउन्ड्री नजिकै राम्रो क्याच लिए । यसबाहेक सिङ्गल डबल रोक्न पनि खेलाडीहरूको फिल्डिङ जोशिलो थियो ।

अनुभवी अलराउण्डर जेसन होल्डर सस्तैमा आउट हुँदा वेस्ट इन्डिज ७६(६ को खराब अवस्थामा पुगिसकेको थियो । त्यसपछि फाबियन एलेन र कप्तान अकिल होसेन मिलेर केही ठुला शटहरू खेलेपछि खेल फेरि रोमाञ्चक अवस्थामा पुगेको थियो ।

अन्तिम २ ओभरमा ३० रन आवश्यक रहँदा करण केसी बलिङमा आए । उनको ओभरमा कप्तान होसेन आउट भएपछि नेपालले खेलमा फेरि मोमेन्टम प्राप्त गर्‍यो । उक्त ओभरमा करणले २ रन मात्र दिए ।

अन्तिम ओभरमा २८ रन आवश्यक हुँदा बलिङमा दीपेन्द्रसिंह ऐरी आए । तर रन धेरै बाँकी रहेको हुँदा दुई लिगल बलले मात्र पनि नेपालको जित सुनिश्चित भइसक्ने थियो । फाबियन एलेनले २ चौका मात्र प्रहार गरे । नेपाल १९ रनले विजयी भयो ।

रोहितको कप्तानी प्रदर्शन

रोहितले नेपालका लागि आज कप्तानी प्रदर्शन गरे । ब्याटिङमा नेपालका लागि सर्वाधिक ३८ रन बनाएका उनले किफायती बलिङ गर्दै १ विकेट पनि लिए ।

उनले बलरहरूको प्रयोग पनि राम्रो तरिकाले गरेको देखिन्थ्यो । जसको नतिजा वेस्ट इन्डिजका ब्याटरहरू दबाबमा परेको कुराले प्रष्ट देखिन्थ्यो ।

रोहितसँगै कुशल मल्लको ब्याटिङ तथा कुशल भुर्तेलको बलिङ पनि शानदार रह्‍यो । फिल्डिङ पनि एक(दुई गल्तीबाहेक उत्कृष्ट रह्‍यो ।

खेलपछि कुरा गर्दै कप्तान रोहितले ब्याटिङमा राम्रो योगफल बनेको र बलिङ कसिलो गर्न सके खेल जित्न सकिने मनोबल टिममा रहेकाले त्यही योजना अनुसार सफल भएको बताए ।

उनले सबै नेपाली समर्थकहरूलाई धन्यवाद पनि दिँदै आगामी दिनहरूमा पनि यस्तै समर्थन गरिरहन आग्रह गरे ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
मुख्य समाचार

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ आश्विन १२, आईतवार ०९:०८
५० मेगावाटको माथिल्लो मर्स्याङ्दीमा उच्चस्तरको मर्मत शुरू
मुख्य समाचार

५० मेगावाटको माथिल्लो मर्स्याङ्दीमा उच्चस्तरको मर्मत शुरू

२०८२ आश्विन १२, आईतवार ०९:०८
३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन र्आयोगको आग्रह
मुख्य समाचार

समानुपातिक सांसदको नाम पठाउने समयसीमा आज सकिँदै,अन्तिम तयारीमा दलहरू

२०८२ आश्विन १२, आईतवार ०९:०८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ आश्विन १२, आईतवार ०९:०८
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ आश्विन १२, आईतवार ०९:०८
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ आश्विन १२, आईतवार ०९:०८
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ आश्विन १२, आईतवार ०९:०८
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ आश्विन १२, आईतवार ०९:०८
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ आश्विन १२, आईतवार ०९:०८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व