कञ्चनपुर– इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका हुन् । आर्सनल पाँच खेलमा १० अङ्कसहित दोश्रो स्थानमा छ । समान खेलमा सिटी सात अङ्कसहित नवौं स्थानमा छ ।
यस्तै सण्डरल्यान्ड र एस्टन भिल्लाले १–१ तथा बर्नमाउथ र न्युक्यासलले गोलरहित बराबरी खेलेका छन् । बर्नमाउथ पाँच खेलमा १० अङ्कसहित चौथो स्थानमा छ । प्रिमियर लिगमा १५ अङ्कसहित आर्सनल तालिकाको शीर्ष स्थानमा छ ।










Discussion about this post