काठमाडौं – जय प्राप्ति म्यूजिकको प्रस्तुतिमा तयार भएको मार्मिक र भावनात्मक गीत ‘सिन्दुर पुछियो’ मंगलबार बिहान ९ बजे युट्युबमा सार्वजनिक हुँदैछ। जीवनका संवेदनशील पक्ष, सम्बन्धका पीडा र प्रेम–बिछोडको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतमा चर्चित गायिका लक्ष्मी सार्कीको हृदय छुने स्वर रहेको छ।

गीतका शब्द, संगीत र निर्देशन जयराज भट्टको सिर्जना हो भने एरेन्ज हेमराज डाँगीले गरेका छन्। रेकर्डिङ र मिक्सिङ महक रेकर्डिङ स्टुडियोमा सम्पन्न भएको हो।
म्युजिक भिडियोमा भाइरल मोडेल आचल नाथ र महेश कुमार बी.सीको दमदार अभिनय देख्न पाइनेछ। साथै, कलाकार खेम घर्ती, सुमिना कार्की, हिरा पुजारा, जोगिन्दर भण्डारी, र रामेश सार्की (झ्याउरे दाइ) लगायतले पनि उत्कृष्ट प्रस्तुति दिएका छन्।
छायांकन मरुभूमि नारायणले गरेका छन् भने सम्पादन रोशन धितालको छ। प्रकाश व्यवस्थापनमा कृष्ण महर्जन र महेश बी.सीको विशेष योगदान रहेको छ।
निर्माण टिमका अनुसार, ‘सिन्दुर पुछियो’ समाजका संवेदनशील मुद्दा, सम्बन्धको गहिरो पीडा र यथार्थपरक भावनालाई दर्शकसम्म सशक्त रूपमा पुर्याउने उद्देश्यले तयार गरिएको हो। निर्देशक भट्टका अनुसार, गीतले प्रेम, पीडा र भावुकतालाई दर्शकको मुटुसम्म पुर्याउनेछ।
भिडियो Jayraj Bhatta नामक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ। निर्माण पक्षले सम्पूर्ण दर्शक, शुभेच्छुक र संगीतप्रेमीलाई गीतलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरेर समर्थन गर्न हार्दिक अनुरोध गरेको छ।










Discussion about this post