बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको शिवनाथ गाउँपालिकामा पार्टी कार्यालय स्थापना गरेको छ। गाउँपालिकाको वडा नम्बर ३ स्थित साउगडामा शनिबार पालिका कार्यालय उद्घाटन गरिएको रास्वपाका सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशीले जानकारी दिएका छन्।
कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ४० जना रास्वपामा प्रवेश गरेको जोशीले बताए।
स्थानीय तहको निर्वाचनको चर्चा बढ्दै जाँदा रास्वपाले पालिका केन्द्रित संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ। पार्टी कार्यालय स्थापनालाई गाउँपालिकामा संगठन थप मजबुत बनाउने अभियानका रूपमा हेरिएको छ।
कार्यालय उद्घाटन कार्यक्रममा रास्वपाका सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशी, जिल्ला सभापति भीम नाथ, पालिका सभापति, युवा नेता विशाल भट्ट, जितेन्द्र महतलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।










Discussion about this post