Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्रीसँग पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार २४, मंगलवार १५:२४
प्रधानमन्त्रीसँग पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । उनीहरूबीच आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार पुगेका थिए । कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ भेटमा सहभागी थिए । कोशी र कर्णालीका प्रदेश प्रमुख असार १८ गते राष्ट्रपतिसँग भेटपछि काम विशेषले आफ्नो प्रदेश फिर्ता भएकाले उपस्थित हुन सकेनन् ।

प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र नभई केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले पछिल्लो समय संघीयता र त्यसमाथि पनि प्रदेश संरचनाको आलोचना भएको उल्लेख गर्दै संघीयतालाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताए ।

सामूहिक भेटवार्तामा प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा सात वटै प्रदेशका प्रमुखहरु शितल निवास पुगी भेटवार्ता र छलफल गरेको जानकारी गराए । प्रदेश प्रमुखहरूले आफ्नो कार्यक्षेत्रका सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे साझा अवधारणा बनाई प्रधानमन्त्री समक्ष प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन तथा नियममा रहेका अन्यौलहरूको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गरे ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिए । उक्त अवसरमा प्रदेश प्रमुखहरूले प्रधानमन्त्रीसँग नियमित सम्पर्क र समन्वयका लागि आग्रह पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीले संघीयताको प्रभावकारी कार्यान्वयन, यसमा देखिएका समस्या र समाधानका उपायबारे सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई बोलाएर छलफल गर्ने बताएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल
देश/राष्ट्रिय

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ असार २४, मंगलवार १५:२४
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’
देश/राष्ट्रिय

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ असार २४, मंगलवार १५:२४
‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’
देश/राष्ट्रिय

‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’

२०८२ असार २४, मंगलवार १५:२४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ असार २४, मंगलवार १५:२४
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ असार २४, मंगलवार १५:२४
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ असार २४, मंगलवार १५:२४
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ असार २४, मंगलवार १५:२४
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ असार २४, मंगलवार १५:२४
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ असार २४, मंगलवार १५:२४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व