Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सबैको नजरमा राम्रो बन्न सकिन्न !

प्रकाश भट्ट by प्रकाश भट्ट
असार २०, २०८२
सबैको नजरमा राम्रो बन्न सकिन्न !
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

म कोही विशेष व्यक्ति होइन, न त कुनै असाधारण कथा बोकेको मान्छे नै। म त केवल एक सामान्य मान्छे हुँ, जसले न कसैको लागि नराम्रो सोचेको छ, न त कसैलाई नराम्रो गरेको नै छ। वर्षौंदेखि मनभित्रको तनाव र घुटनले जति नै थिचिए पनि, म एक्लै खम्बा बनेर उभिन खोज्छु। जीवनका आँधीबेहरीमा पनि आफूलाई सम्हाल्दै, आफ्नो बाटोमा हिँड्ने प्रयास गर्छु। तर, यो संसार यस्तो छ कि कसैको लागि राम्रो गर्दा पनि अरू कसैको नजरमा नराम्रो बन्न पुगिन्छ।

कसैले मलाई एकदिन भनेको थियो, “यो संसारमा थरिथरिका मान्छेहरू छन्। सबैको सोच एउटै हुँदैन, न त सबैको मन एउटै हुन्छ।” यो कुरा सुन्दा सामान्य लागे पनि, जीवनको हरेक मोडमा यो सत्यले मलाई बारम्बार झक्झकाएको छ। जति नै इमानदार भएर राम्रो कर्म गर्न खोजेपनी, त्यो कर्म सबैको नजरमा राम्रो नहुन पनि सक्छ। कसैले तपाईंको नियतलाई प्रशंसा गर्छ, त कोही त्यही कुरालाई गलत अर्थ लगाउँछ।

इन्टरनेटमा कतै पढेको थिएँ, “कसैको नजरमा हिरो बन्नुको अर्थ यो होइन कि तपाईं अरू कसैको नजरमा नराम्रो हुनुहुन्न।” यो वाक्यले मेरो मनमा गहिरो छाप छोड्यो। यो सत्य हो कि हामीले जति नै राम्रो गर्न खोजे पनि, सबैलाई खुशी पार्न सक्दैनौं। कसैले सानो गल्तीलाई पनि ठूलो बनाएर हेर्छ, त कोही ठूलो त्यागलाई पनि बेवास्ता गर्छ। मान्छेहरूको नजर फरक हुन्छ, उनीहरूको दृष्टिकोण फरक हुन्छ, र उनीहरूको अपेक्षा पनि फरक हुन्छ।

जीवनमा मैले यो कुरा बुझ्दै गएँ कि सबैको नजरमा राम्रो बन्ने कोसिस गर्नु भनेको आफूलाई अनावश्यक बोझ थप्नु हो। बस आफ्नो मनले सही ठानेको बाटोमा हिँड्नुपर्छ, आफ्नो कर्ममा इमानदार रहनुपर्छ। कसैले हिरो देख्ला, कसैले खलनायक। तर, वास्तविक सत्य आफ्नो मनले मात्रै जान्छ। यो संसारमा सबैको नजरमा राम्रो बन्न सकिंदैन, र यो सत्यलाई स्वीकार गर्नु नै जीवनको एक हिस्सा हो।

तैपनि, यो कुराले मनलाई कहिलेकाहीं चसक्क गर्छ। किनभने, हामी सबैको मनमा कतै न कतै यो चाहना हुन्छ कि हाम्रा कामलाई सबैले बुझून्, हाम्रा भावनालाई सबैले सम्मान गरून्। तर, यो संसार यस्तो छैन। यहाँ हरेक व्यक्तिको आफ्नै कथा छ, आफ्नै दृष्टिकोण छ, र आफ्नै अपेक्षा छ। कोही तपाईंको इमानदारीलाई बुझ्छ, कोही तपाईंको सानो कमजोरीलाई लिएर तपाईंलाई गलत ठान्छ। यो फरक दृष्टिकोणले हामीलाई सधैं सिकाउँछ कि हामीले आफूलाई अरूको नजरमा परिभाषित गर्नु हुँदैन।

हामीले आफ्नो कर्मलाई शुद्ध राख्नुपर्छ, आफ्नो मनलाई सफा राख्नुपर्छ। कसैको नजरमा तपाईं जे भए पनि, असल नियत र कर्मले सधैं सही बाटो देखाउँछ। सबैको नजरमा राम्रो बन्ने कोसिस गर्नुभन्दा, आफ्नै मनको शान्ति र सन्तुष्टिलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। किनकि, यो संसारमा सबैको नजरमा राम्रो बन्न सकिंदैन, र यो सत्यलाई मनन गर्नु नै हाम्रो जीवनको एक ठूलो पाठ हो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?
विचार/ब्लग

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने
विचार/ब्लग

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी
विचार/ब्लग

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व