काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहनेछ। दिउँसो यी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति देशका हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।










Discussion about this post