काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमेरातमा हुने नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ।
प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो। समूह ‘ए’ मा रहेको नेपालले मंगलबार पाकिस्तानसँग आफ्नो अन्तिम समूह खेल खेल्नेछ।
प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
नेपालले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हासिल गर्ने लक्ष्य राखेको छ।










Discussion about this post