Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

मनिषा भट्ट by मनिषा भट्ट
जेष्ठ ४, २०८२
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

तस्बिर : सामाजिक सञ्जाल

0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

कैलाली – सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ। यो सहमतिसँगै स्थानीय तहका कर्मचारीले गर्दै आएको आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।

प्रदेश सरकारले मन्त्रीपरिषद्बाट स्वीकृत भई प्रदेश सभामा पेश भइसकेको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ अविलम्ब जारी गर्ने प्रतिबद्धता जनाएको छ।

सरकारको तर्फबाट वार्ता समिति संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलकबहादुर दौल्यालसहितका प्रतिनिधिबीच शनिबार पाँच बुँदे सहमति भएको हो।

सहमति अनुसार, प्रदेश सरकारले आगामी जेठ ११ गते बस्ने प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा उक्त विद्येयकलाई पहिलो प्रस्तावको रुपमा राखेर तत्काल जारी गर्नेछ। विद्येयक जारी भएर राजपत्रमा प्रकाशित भएलगत्तै कार्यान्वयनका लागि यथाशीघ्र स्थानीय तहमा पठाइनेछ। साथै, ऐन जारी भएपछि शीघ्र नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याइने सहमति पनि भएको छ।

सहमति पत्रमा कर्मचारीहरूले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएर आ–आफ्नो स्थानीय तह तथा कार्यक्षेत्रमा गएर काम गर्ने उल्लेख छ।

स्थानीय सेवा ऐन जारी नभएका कारण वृत्ति विकासमा अवरोध सिर्जना भएको भन्दै सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी कामकाज ठप्प पारेर धनगढीमा आन्दोलन गरिरहेका थिए।

शनिबार सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिपछि कर्मचारीहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका छन्।

सहमति पत्रमा सरकारकातर्फबाट वार्ता समिति संयोजक एवं भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रम धामी, र नेकपा एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, आन्दोलनरत पक्षबाट स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलकबहादुर दौल्याल र सदस्य ईन्द्र रावलले हस्ताक्षर गरेका छन्। नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेव जोशी, नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष धर्मबहादुर देउवा, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन प्रदेश अध्यक्ष बलबहादुर धामी, र एकीकृत सरकारी कर्मचारी संगठनका प्रदेश सचिव सुनिल रावलले समेत सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

मन्त्रीपरिषद्बाट स्वीकृत भएर प्रदेश सभामा प्रस्तुत भई विधायन तथा प्रदेश मामिला समितिमा छलफलका लागि पठाइएको र समितिले प्रतिवेदन समेत सभामा पेश गरिसकेको भए पनि विद्येयक जारी गर्न ढिलाइ भएपछि स्थानीय तहका कर्मचारीले शीघ्र जारी गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। माग सम्बोधन नभएपछि उनीहरू बैशाख २८ गतेदेखि चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका थिए।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व