काठमाडौं । एसीसी एशिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।
कतारको दोहामा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रनेछ।
नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो। भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै समेटिएको थियो।
नेपाल रहेको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन्। यसै समूहअन्तर्गत आजै भारत ‘ए’ र पाकिस्तान ‘ए’ बीचको खेल पनि हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
नेपालले समूह चरणको अन्तिम खेल मंगलबार पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तालिका रहेको छ।










Discussion about this post