Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कुतियाकबरमा जग्गा नापजाँच सुरु, लालपुर्जा पाउने आशामा स्थानीय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २, २०८३
कुतियाकबरमा जग्गा नापजाँच सुरु, लालपुर्जा पाउने आशामा स्थानीय
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सीमावर्ती गाउँ कुतियाकबरमा जग्गा नापजाँच सुरु भएको छ। लामो समयदेखि जग्गाको स्वामित्व पाउन नसकेका स्थानीयवासी नापजाँच सुरु भएसँगै लालपुर्जा पाउने आशामा उत्साहित भएका छन्।

भूमि व्यवस्था आयोग र दोधारा चाँदनी नगरपालिकाको समन्वयमा मंगलबारदेखि गाउँमा जग्गा नापजाँच सुरु गरिएको हो। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रूपमा फाराम भरेका परिवारको जग्गा नापजाँच गर्न थालिएको नगरपालिकाले जनाएको छ।

सत्तारुढ दलका सांसद ज्ञानेन्द्रसिंह महताले कुतियाकबरबाटै स्थानीयलाई जमिनको मालिक बनाउने अभियान अघि बढाइएको बताए। उनले प्राविधिक जनशक्ति थप गर्नेदेखि नापजाँचका क्रममा देखिने समस्या समाधानका लागि केन्द्रसम्म पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘जनतालाई भूमि अधिकारसहितको लालपुर्जा छिटो वितरण गर्नुपर्छ। फिल्डमा काम गर्दा कुनै समस्या आए हामीलाई जानकारी गराउनुहोस्, सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गर्छौँ,’ उनले भने।

दोधारा चाँदनी नगरपालिकाका भूमि शाखा प्रमुख सुरेन्द्रचन्द्र ओझाका अनुसार पाँच जना प्राविधिक कर्मचारी खटाएर नापजाँच सुरु गरिएको छ। पहिलो चरणमा गाउँको समग्र जमिनको नक्साङ्कन गरिने र त्यसपछि फाराम तथा भोगचलनका आधारमा व्यक्तिको जग्गा छुट्याएर नापजाँच गरिनेछ।

कुतियाकबरका ५५ परिवारले जग्गा प्राप्तिका लागि फाराम भरेका छन्। विसं २०२२ देखि गाउँमा बसोबास गर्दै आएका स्थानीय टेकबहादुर सुनारले ६१ वर्षपछि जग्गा नापजाँच सुरु भएकाले यसपटक लालपुर्जा पाउने आशा पलाएको बताए।

त्यस्तै, स्थानीय मोतिराम सुनारले पनि लामो समयको प्रतीक्षापछि आफूहरू जग्गाको मालिक बन्ने विश्वास व्यक्त गरे। स्थानीयवासीले पालिका र केन्द्र सरकारले आफ्नो भूमि सम्बन्धी समस्यामा चासो देखाएको भन्दै खुसी व्यक्त गरेका छन्।

जिल्ला भूमि आयोगका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले कुतियाकबरमा नापजाँचसँगै लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइने बताए। उनका अनुसार दोधारा चाँदनीसहित जिल्लाका अन्य पालिकामा पनि जग्गा नापजाँचको काम सुरु गरिएको छ।

यसअघि जिल्लाभर करिब ६५ हजार जनाले भूमि आयोगमा आवेदन दिएका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेप्से ११ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
अर्थतन्त्र

नेप्से ११ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

मंसिर २, २०८३
विपन्न नागरिकलाई लक्षित गर्दै महेन्द्रनगरमा २० रुपैयाँको खाना अभियान
फ्ल्यास हेडिङ

विपन्न नागरिकलाई लक्षित गर्दै महेन्द्रनगरमा २० रुपैयाँको खाना अभियान

मंसिर २, २०८३
प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट
अन्तर्राष्ट्रिय राजनीति

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

मंसिर २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेप्से ११ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से ११ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

मंसिर २, २०८३
विपन्न नागरिकलाई लक्षित गर्दै महेन्द्रनगरमा २० रुपैयाँको खाना अभियान

विपन्न नागरिकलाई लक्षित गर्दै महेन्द्रनगरमा २० रुपैयाँको खाना अभियान

मंसिर २, २०८३
प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

मंसिर २, २०८३
स्वीकृतिबिना बिदामा बसेको भन्दै सात इन्जिनियर सरकारी सेवाबाट हटाइए

स्वीकृतिबिना बिदामा बसेको भन्दै सात इन्जिनियर सरकारी सेवाबाट हटाइए

मंसिर २, २०८३
आईजीपीबाट हटाउने सरकारी निर्णयविरुद्ध कार्कीको रिटमा सुनुवाइ सुरु

आईजीपीबाट हटाउने सरकारी निर्णयविरुद्ध कार्कीको रिटमा सुनुवाइ सुरु

मंसिर २, २०८३
गृहमन्त्रीकी आमा दाबी गर्ने महिलाको भिडियो पोस्ट गर्ने कलाकार बोगटी पक्राउ

गृहमन्त्रीकी आमा दाबी गर्ने महिलाको भिडियो पोस्ट गर्ने कलाकार बोगटी पक्राउ

मंसिर २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व