Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल विद्यार्थी संघ बैतडीद्वारा “विद्यार्थीसँग नेपाल विद्यार्थी संघ” अभियान सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ ४, २०८२
नेपाल विद्यार्थी संघ बैतडीद्वारा “विद्यार्थीसँग नेपाल विद्यार्थी संघ” अभियान सुरु
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । नेपाल विद्यार्थी संघ (नेविसंघ) बैतडी जिल्ला कार्यसमितिले जिल्लाभरका विद्यार्थीहरूको शैक्षिक समस्यालाई सम्बोधन गर्ने उद्देश्यले “विद्यार्थीसँग नेपाल विद्यार्थी संघ” नामक अभियान सुरु गरेको छ।

नेविसंघ बैतडीले आईतबार एक पत्र जारी गर्दै जिल्लाका सम्बद्ध क्याम्पस सभापतिहरू, इकाई समिति सभापतिहरू र सम्पूर्ण विद्यार्थीहरूलाई अभियानमा सक्रिय सहभागी हुन आह्वान गरेको छ। पत्रमा उल्लेख भएअनुसार, यो अभियान माध्यमिक र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेका आर्थिक समस्याहरू, चर्को शुल्क, अध्ययनका लागि उचित वातावरणको अभाव, यातायातको असुविधा र गुणस्तरीय शिक्षाको कमी जस्ता विषयहरूलाई उजागर गरी समाधान खोज्ने लक्ष्य राखेको छ।

यसैबीच, नेविसंघ बैतडीले शिक्षा ऐन २०७५ को दफा २० र शिक्षा नियमावली २०७७ को नियम ५ अनुसार नियमविपरीत उठाइएको शुल्क बन्द गर्न र फिर्ता गर्न निरन्तर अभियान सञ्चालन गरिरहेको जनाएको छ। नेपाल विद्यार्थी संघ, बैतडीले लामो समयदेखि सामुदायिक विद्यालयमा लिइँएदै आएको अवैध शुल्कको विरोधमा दबाबमूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। साथै, सार्वजनिक सवारीसाधनहरूमा समेत विद्यार्थीहरूलाई छुट गरिनुपर्ने माग नेविसंघले अघि सारेको छ।

नेविसंघ बैतडीका अध्यक्ष अमर बहादुर टेरद्वारा हस्ताक्षरित पत्रमा क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूले भोगिरहेका विभिन्न समस्याहरूको पहिचान गरी त्यसको समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। साथै, स्थानीय सरकारलाई विद्यार्थीहरूको समस्यालाई गम्भीरतापूर्वक लिई समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ।

नेविसंघ बैतडीले यो अभियानलाई सफल बनाउन सबै विद्यार्थी, क्याम्पस समिति र सरोकारवाला निकायहरूको सहयोगको अपेक्षा राखेको छ। अभियानको विस्तृत कार्यक्रम र आगामी गतिविधिहरूबारे छिट्टै जानकारी गराइने नेविसंघ बैतडीले जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व