Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ५, शनिबार १६:३०
चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीलाई आज एक कार्यक्रमका बीच सम्मानपूर्वक बिदाइ गरिएको छ। छोटो कार्यकालमै प्रभावकारी काम गर्दै राम्रो छाप छोड्न सफल भएका धामीलाई नगरपरिवारले खादा, माला, अबिर तथा मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गरेको हो।

बिदाइ कार्यक्रममा नगर प्रमुख भिम बहादुर चन्द, नगर उपप्रमुख पार्वती बोहरा बिष्ट, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नगर प्रमुख चन्दका अनुसार धामीले आफ्नो जिम्मेवारी सम्हालेको छोटो अवधिमा नगरपालिकाको प्रशासनिक तथा विकासीय क्षेत्रमा उल्लेखनीय सुधार ल्याएका थिए।

२०८२ साल मंसिर ४ गते मेलौली आएका धामीले जम्मा ४ महिना २८ दिनको कार्यकालमा ऐन, कार्यविधि तथा नियमावली निर्माण, कार्यालय व्यवस्थापनमा सुधार, सामुदायिक विद्यालय र वडा कार्यालयहरूमा ई–हाजिरी प्रणाली लागू, सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन जस्ता महत्वपूर्ण कामहरू सम्पन्न गरेका थिए।

त्यसैगरी, उनले प्रत्येक वडामा पुगेर योजना सम्झौता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै योजना अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई समेत प्रभावकारी बनाएका थिए। कार्यालय परिसरमा सिसिटिभी जडान, कर्मचारी क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन, समयमै योजना सम्पन्न गरी भुक्तानी व्यवस्था मिलाउने कार्य तथा हिउँदे अधिवेशन समयमै सम्पन्न गराउन समेत उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

धामीको कार्यशैली, समन्वयकारी व्यवहार र सक्रियताका कारण उनी मेलौलीमा सबैको प्रिय बनेका थिए। बिदाइका क्रममा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कर्मचारीहरूले उनको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै भविष्यमा पुनः सहकार्य गर्ने अवसर मिल्ने अपेक्षा राखेका थिए।

बिदाइ पश्चात् प्रमुख प्रशासकीय अधिकृत धामी कैलालीको कैलारी गाउँपालिकामा सरुवा भएर गएका छन्। मेलौलीमा उनले छोडेको सकारात्मक छाप र विकासप्रतिको योगदानलाई यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरूले लामो समयसम्म स्मरण गर्ने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

२०८३ बैशाख ५, शनिबार १६:३०
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

२०८३ बैशाख ५, शनिबार १६:३०
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते

२०८३ बैशाख ५, शनिबार १६:३०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

२०८३ बैशाख ५, शनिबार १६:३०
ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

२०८३ बैशाख ५, शनिबार १६:३०
आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

२०८३ बैशाख ५, शनिबार १६:३०
पूर्णबहादुर खड्काले पार्टीको आगामी कदम तय गर्न बैठक बोलाए

पूर्णबहादुर खड्काले पार्टीको आगामी कदम तय गर्न बैठक बोलाए

२०८३ बैशाख ५, शनिबार १६:३०
इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी

२०८३ बैशाख ५, शनिबार १६:३०
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

२०८३ बैशाख ५, शनिबार १६:३०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व