आस्थाका सम्बन्धहरूको यारी कमजोर हुदैन
यस्तो यारी के यारी जो मिलनमा विभोर हुदैन
पश्चाताप गर्नुपर्ने छैन प्रेमी भएर बाच्न सिक्नू
प्रेममा कुनै हिसाब किताब हुदैन धेरथोर हुदैन
ठाकठुक हुन सक्छ भ्रम पर्न सक्छ बोल्नुपर्छ
छैन मजा जहाँ भावनाहरू ओहोरदोहोर हुदैन
टाढैबाट अनुमान लगाउनु भन्दा भेटेको राम्रो
महोदय चोर जस्तो देखिनेहरू सबै चोर हुदैन
पैसाको महत्त्वभन्दा श्रमको मूल्य बुझाउनुस्
विश्वास गर्नुस् तपाइँको सन्तति घुसखोर हुदैन












Discussion about this post