काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो।