Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ७, २०८२
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजले देशको लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वविद्यार्थीहरुले प्रशंसा गरेका छन् । कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरुको आकर्षण बढाउन र कलेजको वृहत्तर हितमा काम गर्न कलेजका पूर्वविद्यार्थीहरु एकजुट पनि भएका हुन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको इन्जिनियरिङ शिक्षा दिएर आफुहरूलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वविद्यार्थीहरूले कलेजका शिक्षक शिक्षिकाहरूलाई पनि सम्झिए ।

शनिबार कलेजमा आयोजित ‘नेक अल्मुनाई मिट’ मा सहभागी हुँदै पूर्वविद्यार्थीहरुले आफ्नो कलेज जीवनलाई पनि सम्झिए । हाल सरकारी, गैरसरकारी देखि आफ्नै कम्पनी र फर्महरु सञ्चालन गरेर व्यवसायिक क्षेत्रमा स्थापित भएका उनीहरुले तत्कालिन अवस्थामा निजी क्षेत्रबाट मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना नभएको भए आफुहरु इन्जिनियर नै बन्न नसक्ने अवस्थाको चर्चा गरे ।

कलेजका प्रथम अल्मुनाईका महासचिव इन्जिनियर दिपक बाबु कंडेलले तत्कालिन समयमा पुल्चोक पछि अन्य इन्जिनियरिङ कलेज नहुँदा धेरै विद्यार्थीहरुको इन्जिनियर बन्ने सपना पुरा नभइरहेको अवस्थामा स्वर्गीय प्रा.डा. दीपक भट्टराई लगायतको अगुवाईमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना भएको बताउनु भयो । नेपालको विकासमा चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै कँडेलले कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको कारणले नै कलेजमा विद्यार्थीको आकर्षण रहेको बताउनु भयो । ‘यो कलेजले दशौं हजार इन्जिनियर उत्पादन गरिसकेको छ । सुरुवात देखि नै क्वालिटी एजुकेशनमा ध्यान दिएकोले नै कलेज आजसम्म विद्यार्थीको रोजाईमा परेको हो । यसलाई अझ गुणस्तरीय र विश्वस्तरीय बनाउँदै लैजान हामी सबैले भूमिका खेलौं ।’ पूर्व विद्यार्थी कँडेलले भन्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै दोश्रो अल्मुनाई समितिका महासचिव इ. विनोद देवकोटाले निजी क्षेत्रले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण नेपालले उच्च शिक्षामा फड्को मारेको चर्चा गर्दै इन्जिनियरिङ शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादनमा कलेजले ठूलो योगदान दिएको बताउनु भयो । कलेज मन्दिर जस्तै रहेको बताउँदै उनले कलेजमा कुनै राजनीति नगरी यसको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न, कलेजलाई स्थायित्व दिनका लागि सबै एक भएर लाग्नु पर्ने बताउनु भयो ।

अर्का अल्मुनाई इ. पदमकुमार मैनालीले १९९६ ताका नेपाल इन्जिनियरिङ कलेज नभएको भए आफ्नो व्याचका धेरैले पढ्न नपाउने अवस्था रहेको भन्दै विगत सम्झनु भयो । हाल शहरी विकास मन्त्रालयका सहसचिव समेत रहनुभएका मैनालीले कलेजको शैक्षिक, भौतिक सुधार गर्न र कलेज प्रति विद्यार्थीको आकर्षण बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कलेजले स्थापना देखि आजसम्म गुणस्तरीय शिक्षा प्रदान गर्नु गौरबको कुरा भएको उहाँको धारणा छ ।

कार्यक्रममा बोल्दै नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, प्रशासनिक र भौतिक सुधारका लागि आफु लागि रहेको भन्दै नेक अल्मुनाईहरुलाई पनि आवश्यक सल्लाह, सुझाव र सहकार्यको आब्हान गर्नुभयो । कलेजको स्थायित्व र शैक्षिक विकासका लागि शिक्षक, कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरुको योगदान हुनुपर्ने भन्दै उहाँले नेपाल इन्जिनियरिङ कलेजलाई सामाजिक शैक्षिक संस्थाकै रुपमा सञ्चालन गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो । कलेजको विषयमा सर्वोच्च अदालतमा विचाराधिन मुद्दा चाँडै टुंगोमा पुगे यसलाई देशकै नमूना कलेजका रुपमा सञ्चालन गर्न नगरपालिका तयार रहेको पनि उहाँले जिकीर गर्नुभयो । ‘कलेज सञ्चालन गर्न नगरपालिकाले कलेज सञ्चालन ऐन पास गरिसकेको अवस्था छ ।

भोली अदालतका मुद्दा टुंगो लागेर नगरपालिकालाई यो कलेज चलाउनु पर्ने अवस्था आए हामी पछि हट्दैनौं कलेज चलाएरै छाड्छौं ।’ अध्यक्ष खत्रीले भन्नुभयो । नेक अल्मुनाई मिट कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कानुनी तथा प्रशासनिक उल्झनहरुको सामना गर्नु परेपनि कलेजको शैक्षिक गुणस्तर खस्कन नदिएको बताउनु भयो । कलेजको भौतिक, शैक्षिक गुणस्तर मापन गरेर नै नेपाल इन्जिनियरिङ परिषद्ले स्थायी प्रमाण पत्र दिएको चर्चा गर्दै उहाँले आउँदा दिनहरुमा अल्मुनाईहरुले कलेजको श्रीबृद्धिमा टेवा दिने अपेक्षा गर्नुभयो । साथै, उहाँले कलेजको शैक्षिक, भौतिक र प्रशासनिक गुणस्तर सुधार गर्न कलेज सञ्चालक समितिले योजनाबद्ध काम गरिरहेको बताउनु भयो ।
‘नेक अल्मुनाई मिट’ मा कलेजका स्थापना देखि सन् २०१९ सम्मका करिब ५ सय विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना भएको थियो । इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने यस कलेजबाट हालसम्म दश हजार भन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले बताउनु भयो ।
पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै नेपाली विद्यार्थीहरु विदेशिईरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि प्रेरित गर्न तथा नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरको रहेको छ भनेर बुझाउन नेक अल्मुनाई मिट गरिएको बताउनु भयो ।

नेक अल्मुनाई मिटका संयोजक आर्किटेक्चर पोषण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अल्मुनाईहरू काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष डाक्टर इन्जिनियर सुमन नरसिंह राजभण्डारी, सदस्य इ. बाबुराम भट्टराई, कलेजका संस्थापक सदस्य इ. सलिल भट्टराई लगायतको सहभागीता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३
बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व