देशका केही ठाउँमा आज पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हिउँ पनि पर्न सक्ने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । अरु धेरै ठाउँमा भने मौसम सफा रहेको छ ।